छापामारले पढ्न थाले चिकित्सा शिक्षा



Download our app to get more features

हवाना, ११ भदौ । कुनै समय कोलम्बियामा आतंक मच्चाएका फार्कका पूर्व छापामार अहिले क्युबामा चिकित्सा शिक्षा लिइरेहका छन् । क्युबा सरकारले पूर्व फार्क छापामारका लागि चिकित्सा शिक्षामा छात्रवृत्ति दिएपछि दुई सय जना डाक्टर बन्ने तयारीमा जुटेका छन् । 

दक्षिण अमेरिकी देश कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उदेश्यले क्युबाले उनीहरूलाई सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा दिन लागेको हो । हवानाको जोसे मार्छी अन्तर्राट्रिय विमानस्थलमा छात्रबृत्तिबाट लाभान्वित उनीहरुलाई क्युबाका विदेशमन्त्री र स्वास्थ्य मन्त्रीले स्वागत गरेका थिए ।

‘क्युबाको चिकित्सा शिक्षा ल्याटिन अमेरिकी देशहरू मध्ये उत्तम मानिन्छ । हामीले यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु ठूलो उपलब्धी हो ।’ कोलम्बियाली युवा जुङ क्वीजानोले सिन्ह्वासँग भने । फार्क छापामारहरूको सदस्य भएकाले क्वीजानोले क्युवामा ६ बर्षे चिकित्सा शिक्षा लिएर चिकित्सक बन्ने अवसर पाएका हुन् । ‘हामीलाई चिकित्सक बन्ने अवसर दिएको र कोलम्बियाली जनतालाई सहयोग गर्न सक्ने सक्षम बनाउन लागेकोमा क्युबाप्रति हामी अत्यन्तै आभारी छौं ।’ उनले भने ।

अहिले निशस्त्र भएका पुर्व छापामार लाउरा हेर्रेराले क्युबाले छात्रवृत्ति दिएपछि आफुहरुको सपना साकार भएको बताए । रासस÷सिन्ह्वा

Last modified on 2017-08-27 18:18:15

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts