टीनएजर्सलाई १६ हेल्दी स्किन टिप्स



Download our app to get more features

टिनएज चञ्चलताले भरिएको उमेर हो । यहि बेला उनिहको व्यक्तित्व बिकास, शिक्षा, स्वास्थ्य,सौन्दय तगायतका हरेक बिषयमा सहि तरिकाले समायोजन गर्न सक्नुपर्दछ ।

यो उमेर समुहका हरेक किशोरीहरूको ध्यान सबैभन्दा बढि आफ कसरी अरू किशोरीहरू भन्दा सुन्दर देखिनसकिन्छ भन्ने बिषयमा जिज्ञाशा र कौतुहलता हुन्छ जुन स्वभाविक पनि हो । तर अझ राम्रो राम्रो बन्ने बाहानामा जथाभावी कस्मेटिक्स प्रडक्टहरूको प्रयोग गर्नतर्फ लागेमा सुन्दरतामा निखारता आउनुको सट्टा अझ कुरूप बनाउन सक्ने भएकाले टिनएजरहरूले यस बिषयमा ध्यान पुर्याउनु अत्यन्तै जरुरी छ ।

यहि कुरालाई मध्यनजर गर्दै ति किशोरीहरूका लागि १६ ब्युटि स्किन टिप्स दिएको छ । बिशेषज्ञको पशामर्शद्धारा तयार पारिएको उक्त ब्युटि टिप्सलाई पालना गर्न सकेको खण्डमा आफ्नो सौन्दर्यलाई थप निखारता दिन सकिन्छ । टिनएजमा धेरै मेकअप गर्नु हुँदैन । यो उमेरमा त्यसैपनि छाला चम्किलो र आकर्षक हुन्छ । धेरै मेकअप गरेमा त्यसले प्राकृतिक सुन्दरता नै छोपिदिन्छ । किशोरावस्थामा धेरै मेकअप गर्नाले उनिहरू आफ्नो छालाको चमक हराएर आफ्नो उमेरभन्दा पाका देखिन्छन । 

  • मेकअप गर्दा छालाको प्रकृतिअनुसार गर्नुपर्छ । पहिले आपूmलाई कुन मेकअप गर्दा उपयूक्त हुन्छ भन्ने बुझेर मात्र कस्मेटिक्स  प्रोडक्टको प्रयोग गर्नुपर्छ ।
  • फाउन्डेसन टिनएजका लागि सत्रु हो । फाउण्डेसन म्याचोइड छालाको लागि उपयूक्त हुन्छ । कतिपय किशोरीहरू आफ्नो छालामा देखिएका दाग र चायालाई छोप्न फाउण्डेशनको प्रयोग गर्ने गर्दछन । तर त्यहि फाउण्डेसनले प्राकृतिक सुन्दरतलाई हटाई उनिहरूको छालालाई बुढ्यौलीतर्फ धकेलिरहेको हुन्छ । त्यसैलै अनुहारको दाग र चायालाई छोप्न कन्सिलरको प्रयोग गर्नु उपयूक्त हुन्छ ।
  • यदि किशोरावस्थामै अनुहारमा चाया आएको छ भने डर्मेटोलजिस्टसँग सम्पर्क गरिहाल्नुपर्छ । समयमै  डर्मेटोलजिस्टसँग परामर्श लिन सकेपछि देखिने समस्याको सावधानी पनि उनिहरूको सल्लाहबाट गर्न सकिन्छ ।
  • सम्भब भएसम्म कम्तीमा ३ महिनामा एकपटक ब्युटिपार्लर जानु उपयुक्त हुन्छ । पार्लर गएमा आफ्नो सौन्र्दयको बारेमा उचित परामर्श लिन सकिन्छ ।
  • जाडो या गर्मी महिनामा बाहिर निस्कँदा सधैं सन्स्क्रिम प्रयोग गर्नुपर्छ ।
  • चर्को घामले छालालाई कालो र चमकहिन बनाउँछ त्यसैले सकभर चर्को घामबाट आफूलाई बचाउनुपर्छ ।
  • अनुहारमा सकभर साबुनको प्रयोग गर्नु हुन्न । यदि प्रयोग गर्नै पर्छ भने क्षारहिन साबुनको प्रयोग गर्न सकिन्छ । 
  • दिनभरिको धूँवाधुलो पसिना तथा मेकअप लगाएको अनुहार साबुनपानीले धुँदा पूर्णरूपले सफाई नहुने हुँदा क्लिन्जिङ गर्नु आवश्यक हुन्छ ।
  • क्लिन्जिङ गरिसकेपछि चिसो पानी अनुहारमा छ्याप्नुपर्छ ।
  • सुख्खा छालाको लागि स्क्रव गर्नु अति आवश्यकता हुन्छ । स्क्रव गरिसकेपछि अनुहारमा मोइस्चराइजर लगाउनुपर्छ ।
  • नियमित मेडिक्योर र पेडिक्योर गराउनुपर्छ ।
  • कसैकसैको छाला सामान्य प्रकृतिको (न तैलिय न त सुख्खा) हुन्छ । त्यस्तो छालाको केयर गर्ने सबैभन्दा राम्रो उपाय भनेको दिनमा चार–पाँचपटक सफा पानीले धुनु नै हो ।
  • जति बढि पानी पिउन सकिन्छ पिउनुपर्छ । शुद्ध पानी जति बढि पिउन सकियो सौन्दर्य र स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ ।
  • रेसायुक्त फलपूmल, काँक्रो, गाजर, काँचो बन्दा, साग आदिको सेवनमा बढी जोड दिनुपर्छ । यस्तो खानेकुराले स्वास्थ्यलाई निकै फाइदा पुग्नुको साथै अनुहारमा निकै चमक र निखारता ल्याउँछ ।
  • सौन्दर्य र सन्तुष्टि एक अर्काका परिपुरक हुन् । त्यसैले आपूm र आफ्नो सौन्दर्यप्रति सन्तुष्टि बन्न सक्नुपर्छ । यदि सधैं असन्तुष्टि रहियो भने जतिसुकै सौन्दर्यमा ध्यान दिए पनि चमकता हने जिरो भएर जान्छ ।
Last modified on 2019-02-17 07:13:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts