मौसमजन्य रोगबाट बच्न अपनाउनुहोस् यी सात उपाय

What's This?


Download our app to get more features

मौषम परिर्वतनसँगै बिरामी नहुने मानिस कमै हुन्छन् । जता गए पनि कसैलाई खोकी लागि रहेको हुन्छ कोही भाइरलले सतायो भनेर दुखेसो पोख्छन् । उनीहरूकै कारण अरू मानिस पनि संक्रमति बनिरहेका हुन्छन् । यस्तो लाग्छ उनीहरू जहाँ जहाँ जान्छन् सिंगो किटाणुको घर हिडिरहेको छ । तर, कोही व्यक्ति यस्ता पनि हुन्छन् जो बिरामी मान्छेसँग दिनभर सँगै हुन्छन्, उनीहरूको जुठो खान्छन्, तर पनि केही हुँदैन । यस्ता मानिसहरूको व्यवहारप्रति कौतुहलता हुनु स्वभाविक पनि हो र उनीहरू जस्तैं बन्न खोज्नु नराम्रो पनि होइन । तर चाहदैमा कहाँ हुन्छ र उनीहरूले जस्तैं व्यवहार गर्न सक्नुपर्छ । यी सात उपाय अपनाए तपाई पनि मौषमजन्य बिरामीबाट टाढै रहनसक्नु हुन्छ ।

१. चिसो पानीको सावर लिनुहोस् : कम्जोर व्यक्ति, दुखाई र माइग्रेनका समस्या भोगिरहेकाहरूका लागि चिसो पानी फाइदाजनक छ भनेर पुष्टि नभए पनि सामान्य व्यक्तिलाई यसले निकै फाइदा पुर्याउँछ । यदि कम्जोर व्यक्तिले पनि चिसो पानीको सावर लिन चाहने हो भने सुरूमा तातो पानीले शरीर भिजाउनु पर्छ । तर मुटु रोगीले चिसो पानीको सावर लिने हो भने चिकित्सकसँगको सल्लाह जरूरी छ ।

२. साबुन पानीले पटक पटक हात धुनुहोस् : यदि दिनमा सात पटक भन्दा कम पटक साबुन पानीले हात धुनुहुन्छ भने तपाईको हात स्वच्छ नहुन सक्छ । सफा हात नै बिरामी हुनबाट बच्ने सबै भन्दा राम्रो उपाय हो भनेर अमेरिकीहरू विश्वास गर्छन । हरेक पटक हात धुँदा कम्तिमा २० सेकेण्ड लगाउन चिकित्सकहरूको सुझाब छ । 

३. अदुवाको नियमित सेवन : अदुवालाई जादुयी जडीबुटिका रूपमा लिइन्छ । खानामा हरेक दिन अदुवाको सेवन गरे यसले हाम्रो शरीरमा अविश्वसनिय फाइदा गर्छ । अदुवाले खाना पचाउन, आन्तरिक अंगहरूलाई स्वस्थ राख्न सहयोग गर्छ । अदुवालाई काचै पनि सेवन गर्न सकिन्छ ।

४. भिटामिन सी र जिंकको प्रयोग : अध्ययनहरूले भिटामिन सी र जिंकमा भेरै भिन्नताहरू रहेको देखाउँछ । तर, अनुशन्धानले के पनि स्थापित गरिदिएको छ भने भिटामिन सीको कमी भए शरीरमा चिसोले छिट्टै भेट्छ । तर, भिटामीनको प्रयोग दिनमा दुई हजार मिलिग्राम भन्दा बढी गर्नु हुँदैन । भिटामिन सी बढी भए मिगौलालगायत अंगमा असर पुग्छ । यस्तै जिंकले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

५.लसुन या लसुनको केस्रा सेवन : लसुन एन्टी अक्सिडेन्टको भण्डार हो । एन्टी अक्सिडेन्टले रोगप्रतिरोधात्मक क्षमता वृद्धि र रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । साथै क्यान्सर जस्तो जटिल रोगको जिवाणुलाई पनि यसले न्यूनिकरण गर्छ । 

६. नियमीत मसाज गर्नुस् : झट्ट सुन्दा मसाज असहज काम जस्तो लाग्न सक्छ । तर, नियमीत मसाज स्वास्थयका लागि फाइदाजनक छ । मसाजले शरीरका विभिन्न अंगलाई आराम महसुस गराउँछ भने तनाब र उक्च रक्तचापलाई पनि नियन्त्रित गर्छ । तनाब कम हुनु भनेको रोगसँग बच्ने क्षमता वृद्धि हुनु हो । कम्तीमा महिनाको एक पटक शरीरको मसाज स्वास्थ्यका लागि फाइदा हुने चिकित्सकहरूको सल्लाह छ ।

७. आशावादी हुनुहोस् : तुलनात्मक रूपमा आशावादी मानिसलाई भन्दा निराशावादी मासिनलाई संक्रमणले चाडै छुने अध्ययनहरूले देखाएका छन् । यसकारण सकारात्मक सोच्न नसके पनि नकारात्क सोचलाई कम गर्नुस् र भन्नुहोस् यो सिजनमा मलाई कुनै पनि संक्रमणले छोएन ।

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-09-10 06:29:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts