भान्सामै छ सौन्दर्य बढाउने मसला

What's This?


Download our app to get more features

हरेक मान्छे सुन्दर बन्न चाहन्छ । बाहिरी सुन्दरता बढाउन त कृत्रिम सौन्र्दयका सामाग्री सहयोगी बन्न सक्छन् । तर, भित्रैदेखि सुन्दर बन्न दैनिक सेवन गर्ने खानेकुराको भूमिका महत्वपूर्ण छ । जानेर वा नजानेर यस्ता खानेकुरा हामी प्रयोग पनि गरिरहेका हुन्छौं । हाम्रो भान्सामा रहेका यी खानेकुराले आन्तरिक सौन्दर्य बढाउन मद्दत गरिरहेका हुन्छन :–

सुकमेल 

छालालालई मुलायम बनाइराख्न सुकमेलले निकै ठूलो सहयोग गर्छ । पाँच वटा सुकमेललाई धुलो बनाएर जैतुनको तेल अथवा बेबी आयलमा मिसाएर राम्रोसँग फिट्नु पर्छ । त्यसलाई एउटा सफा बोतलमा भण्डार गरेर राखी समय समयमा मालिस गर्नाले छाला ताजा, चम्किलो र बास्नादार हुन्छ । 

दालचिनी 

दालचिनीले छालामा रहेको पानी सोस्ने प्रक्रियालाई घटाउँछ । साथै दालचिनीले कन्डसनरको काम पनि गर्छ । त्यति मात्र होइन । दालचिनीको लेप हातखुट्टा तथा शरीरको अन्य भागमा लगाउँदा चाउरीपन पनि कम हुन्छ । 

बेसार 

हुनत बेसारलाई ‘एन्टिबायोटिक’ का रुपमा पनि प्रयोग गरिन्छ । यति मात्रै होइन बेसारले सौन्दर्य बढाउने काम पनि गर्छ । निमको पातमा १÷२ चम्चा शुद्ध बेसार मिसाई बनाएको लेप लगाउँदा छालाको चमक बढ्छ । यसरी बनाएको लेप नियमित लगाउँदा खुट्टा गन्हाउने समस्याबाट पनि मुक्ति  पाइन्छ । खुट्टाको औलाको चेपचेपमा यस्तो लेप लगाए खुट्टा गन्हाउने र जुत्ताले बनाएको घाउ समेत ठीक हुन्छ । 

केशर 

केशरले सौन्दर्य निखारमा ठूलो भूमिका खेलेको हुन्छ । यसले छालाको रंगमा चमक ल्याउन मद्दत गर्छ । जैतुनको तेलमा अलिकति देशी बदामको तेल र अलिकति केशर मिसाएर तावामा राखी तातिरहेको पानीको भाडामा नडुब्ने गरी राख्ने । विस्तारै केशर पग्लदै गएपछि त्यसलाई बट्टामा खन्याउने र प्रत्येक साता नुवाएपछि जिउमा उक्त तेलले मालिस गर्ने । यसो गर्दा छालाको रंगमा सुधार आउनुको साथै छाला चम्किलो र मुलायम बन्छ । 

लसुन

लसुनले भित्री स्वास्थ्यमा मात्र नभएर बाहिरी सुन्दरतामा पनि निकै सहयोग पु¥याउँछ । हरेकको भान्सामा पाइने लसुनले छालामा देखापरेको घब्बालाई हटाउने काम गर्छ । लसुनको नियमित सेवनले रगत सफा हुन्छ र ‘एन्टोसेष्टिक’ को काम पनि गर्छ । जसले गर्दा छालाको सुन्दरता बढ्छ । 


(एजेन्सीको सहयोगमा) 

Last modified on 2018-09-12 07:15:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts