ब्राउन अन्डा सेवन यसकारण राम्रो



Download our app to get more features

तुलनात्मक रुपमा ब्राउन खानेकुरा मानव स्वास्थ्यका लागि फाइदाजनक मानिएको छ । सोही कारण आममानिसले पनि पहिलो प्राथमिकतामा ब्राउन खानालाई राख्दै आएका छन् । ब्राउन ब्रेड, ब्राउन राईस यी सबै खाद्य पदार्थ सेतो भन्दा बढी स्वस्थकर मानिन्छ । खाना मात्रै होइन अन्डा पनि सेतोको तुलनामा ब्राउन स्वस्थकर हुने अध्ययनहरूले देखाएका छन् । यद्यपि, मानिसको स्वभाव अनुसार फरक फरक रुची र रोजाइ भने हुन सक्छन् । कसैलाई अन्डाको पोषण महत्वले गर्दा खान मन पर्छ होला भने कसैलाई स्वादको कारणका । ब्राउन र सेतो अन्डाबीचको फरक सबै मानिसलाई थाहा नहुन सक्छ ।

ब्राउन यसकारण सेतो अन्डा भन्दा बढी पोषणयुक्त छ :

पहेँलो भागको रंगमा फरक
ब्राउन अन्डाको पहेँलो भाग सेतो अन्डाको भन्दा गाढा हुन्छ । 

सेतो भन्दा ब्राउन अन्डा महँगो
ब्राउन अन्डा दिने कुखुराले अन्यले भन्दा बढी खाने गर्छ । ब्राउन अन्डा दिने कुखुरा पालनमा खर्च पनि धेरै छ । त्यसैले ब्राउन अन्डा सेतो अन्डा भन्दा महँगो हुन्छन् ।

पोषक तत्वमा ब्राउनमा बढी 
पोषक तत्वको हिसाबले ब्राउन अन्डा सेतो भन्दा निकै अगाडी छ । किनकी यसमा सेतो अन्डा भन्दा बढी ओमेगा फेयाटी एसिड हुन्छ ।

कुखुराले खाने दानामा भर पर्छ स्वाद 
कुनै पनि अन्डाको स्वाद भने कुखुराले खाने दानामाथि भर पर्छ । 

 

Last modified on 2017-09-06 13:13:12

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts