डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु



Download our app to get more features

इश्लामावाद (पाकिस्तान), २१ भदौ । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण चार हजार २ सय नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् । 

उक्त अस्पतालमा उपचारपछि तीन हजार ५ सय जना स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनाएको छ ।

रासस
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts