आफ्नो जीवनको डिजाइनर आफैं बनौ–अभिनेत्री कोइराला

मैले क्यान्सरपछिको मेरो जीवन अत्यन्तै रमाइलो र सुन्दर महशुस गरेकी छु



Download our app to get more features

काठमाडौं, २१ भदौं । ‘सामान्यतया मानिसहरु क्यान्सरलाई जीवनको अन्त्य भन्ने सोच्छन्, यदि आफुसँग बाच्ने इच्छाशक्ति छ भने क्यान्सर मात्र होइन जीवनमा आइपर्ने जस्तोसुकै युद्ध पनि जित्न सकिन्छ,’ छ बर्ष अगाडी पाठेघरको क्यान्सरलाई जितेर हाल सामान्य जीवन बिताइरहेकी बडिउडकी चर्चित नायिका मनिषा कोइरालाले राजधानीमा आयोजित एक कार्यक्रममा भनिन ‘मैले क्यान्सरपछिको मेरो जीवन अत्यन्तै रमाइलो र सुन्दर महशुस गरेको छु, किनकी मैले जिन्दगी के हो भन्ने क्यान्सरको उपचारपछि मात्र राम्ररी बुझने अवसर पाए ।‘  

आफु क्यान्सरबाट ग्रसित हुँदाको अनुभव सुनाउँदै नायिका कोइरालाले उचित आहार व्याहार र स्वस्थ जीवनशैली अपनाए जस्तोसुकै रोग पनि जित्नसकिने बताइन् । उनले भनिन् ‘आफ्नो जीवन कस्तो बनाउने भन्ने डिजाइनर तपाई हामी आफै हौ, त्यसैले आफुमा आत्मबल बढाउनुहोस, जस्तोसुकै युद्ध पनि जित्न सक्नुहुन्छ । 
क्यान्सरको उपचारपछि सोहि बिषयमा जनचेतना जगाउने कार्यक्रमम सक्रिय रुपमा काम गर्दै आएकी छिन् ।  “क्यान्सरको बारेका कसरी सबैलाई सचेत गराउन सकिन्छ भन्ने बारेमा म सोचिरहन्छु, किनकी यो आफैलाई बितेको कुरा हो । आफैलाई परेपछि मात्र थाहा हुने रहेछ त्यसैले अहिले म यहि बिषयमा नेपालमा मात्र होइन दिल्लीमा समेत आफ्ना अनुभवहरु बाढ्दै आएकी छु ।’ उनले भनिन् । 

क्यान्सरपछिको जीवनशैली
मन, सौदागर, अकेले हम अकेले तुम लगायत ८० भन्दा बढि बलिउड चलचित्रमा काम गरिसकेकी नायिका कोइराला क्यान्सरको उपचारपछि आफ्नो जिवन अझ सुन्दर भएको बताउँछिन् । क्यान्सरको उपचारपछि पहिलेभन्दा झन स्वास्थ्यप्रति सचेत रहेको उनको भनाई छ । ‘अहिले म हेल्दी बडीको बारेमा निकै फोकस हुन्छु । म दैनिक अर्गानिक खाना खान्छु । उनले मुस्कुराउदै भनिन् ‘मेरो घरको बगैचा मुमाले अर्गानिक बनाइदिनु भएको छ । ३ महिनादेखि म नियमित त्यहि अर्गानिक खाना खाइरहेकी छु ।’ नायिका कोइराला आफुलाई फिट राख्न नियमित एक्सरसाइज गर्ने, साइक्लिङ गर्ने, हाइजेनिक खानेकुरामा ध्यान दिने गरेको बताउँछिन् । 

‘मैले आफुलाई क्यान्सर भएको थाहा भएपछि आफ्नो शरिरलाई कसरी फिट राख्ने भने बारेमा जति पनि खोजी गरे त्यति नै शरिरलाई हेल्दी राख्न पौष्टिक तत्व खाएर मात्र हुदैन, माइण्ड पोजेटिभ हुनु पनि उत्तिकै जरुरी भएको भेटे । यो धेरै महत्वपुर्ण  बिषय पनि हो ।’ नायिका कोइरालाले भनिन् ‘हामीले औषधि सेवन गरेर, राम्रो आहारबिहार गरेर मात्र पनि हुदैन, मानसिक रुपमा कमजोर बने त्यसै रोगले खान्छ त्यसैले शरिरीक सगै मानसिक स्वास्थयमा पनि बिशेष ध्यान दिनु जरुरी छ ।’ 

Last modified on 2017-09-06 17:18:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts