यस्ता आयुर्वेदिक उपायले बढ्छ मस्तिष्कको क्षमता



Download our app to get more features

व्यस्त जीवनशैलीका कारण मानिसको दैनिकी अव्यवस्थित र तनावग्रस्त बन्दै गएको छ ।

यस्ता तनाव र अव्यवस्थित जीवनशैलीलाई व्यवस्थित बनाउन मानिसहरू योग, ध्यानदेखि अनेकन् उपायका खोजीमा रहन्छन् । तनाव र व्यस्त जीवनशैलीका बीच पनि स्वस्थ रहन आयुर्वेदका विविध उपाय उपयुक्त छन् । त्यसमध्ये केही सजिलो उपाय तपाईँ हामी सबैले उपयोग गर्न सक्छौं । 

ब्राह्मी : मस्तिष्कलाई शान्त राख्छ
ब्राह्मीले तनाव उत्पन्न गराउने हार्मोन कोर्टीसोललाई कम गर्ने काम गर्छ । यसले तनावको प्रभावमाथि प्रतिक्रियात्मक कारर्वाही गर्नका लागि प्रयोग गरिन्छ । ब्राह्मीले दिमागलाई शान्त राख्नुका साथै एकाग्रता बढाउन मद्दत गर्छ ।

भृंगराज :मस्तिष्कलाई इनर्जी प्राप्त हुन्छ 
भृंगराजले मस्तिष्कलाई निरन्तर इनर्जी प्रदान गर्छ । यसले मस्तिष्कमा रक्तप्रवाह दुरुस्त र शान्त राख्छ । साथै सम्पूर्ण शरीरलाई आराम पुर्याउँछ । यसको तेलले टाउकोमा मालिस गर्दा तनावबाट मुक्ति मिल्छ । 

जटामसी : शरीरबाट चिज निकाल्छ 
जटामसी, एन्टी स्ट्रेस हर्बको रुपमा लोकप्रिय छ । तनाव भगाउँन जटामसीको जरा औषधिको रूपमा प्रयोग गरिन्छ । जटामसीको जरा नियमित सेवनले मस्तिष्क र शरीरको टक्सिनबाट मुक्त गर्न मद्दत गर्छ । यसले मस्तिष्कको कामलाई पनि दुरुस्त राख्नमा मद्दत गर्छ ।

अश्वगन्धा : रोगप्रतिरोधात्मक क्षमता बढाउँछ 
अश्वगन्धा एमीनो ऐसीड र भिटमीनको राम्रो स्रोत हो । यसले मस्तिष्कको क्षमता वृद्धि र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

 

Last modified on 2018-10-26 07:01:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts