यस्ता व्यक्तिलाई हुँदैन हृदयघात 

What's This?


Download our app to get more features

व्यस्त जीवनशैली र खानपानका कारण हृदयघातको गति तिव्र रुपले बढी रहेको छ ।

वृद्धवृद्धालाई मात्रै होइन युवा र किशोरकिशोरीमा पनि हृदयघातको समस्या देखिन थालेको छ । यो अवस्था आउनु निकै घातक रहेको चिकिसकहरूको भनाइ छ । हृदयघातबाट बच्न व्यक्ति आफैंले पनि केही उपाय अपनाउन सक्छ। मुटुले देखाउने संकेतबाट पनि हृदयघातको जोखिम थाहा पाउन सकिन्छ । तपाईं हाम्रो मुटु स्वस्थ छ या छैन भनेर निम्न आठ संकेतसँग तुलना गरेर पनि थाहा पाउन सकिन्छ । यदि यी आठ संकेतलाई व्यवस्थित रुपमा मनन् गरे हृदयघातबाट बच्न सकिन्छ ।   

१. दिनभर काम गर्दा पनि साँझ नथाक्ने : दिनभर शारीरिक र मानसिक श्रम गर्दा पनि साँझ थकान महसुस हुँदैन भने त्यस्ता व्यक्तिमा हृदयघातको सम्भावना न्यून हुन्छ ।
२. टाउकोमा कुनै पनि दुखाई नहुने : समान्य बिरामी वा रुघाखोकीमा पनि टाउको दुख्ने वा दुखाईको महशुस नहुने व्यक्तिलाई पनि हृदयघातको सम्भावना कम हुन्छ ।
३. सामान्य हिडडुलमा सास फेर्न अप्ठयारो नहुने: कतिपय मानिसमा अलिअलि हिडडुल गर्दा पनि सास फेर्न गाह्रो हुन्छ । त्यस्ता व्यक्तिमा मुटु सम्बन्धी समस्या हुने चिकित्सकको अनुमान छ । यदि समान्य हिडडुल गर्दा श्वासप्रश्वासमा केही फरक आउँदैन भने त्यस्ता व्यक्तिलाई हृदयघात हुँदैन ।
४. रक्तचाप र कोलस्ट्रोलको मात्रा समान्य हुने :  रक्तचाप र कोलस्ट्रोलको मात्रा समान्य राख्न सके पनि हृदयघातबाट बच्न सकिन्छ । 
५. गह्रौ सामान उठाउँदा सास फेर्न गाह्रो नभए : खेतबारीमा काम गर्दा होस् या गह्रौ सामान उठाउँदा, शास फेर्न अप्ठयारो हुँदैन भने त्यस्ता व्यक्तिलाई हृदयघात हुँदैन ।
६ मुटुको धड्कन प्रतिमिनेट ७० देखि ८० भए : मुटुको धड्कन प्रतिमिनेट ७० देखि ८० हुने व्यक्तिमा पनि हृदयघातको सम्भावना न्यून हुने चिकित्सहरूको भनाई छ ।
७. निन्द्रामा नियमित नघुर्ने : निन्द्रामा नियमित घुर्ने व्यक्तिमा मुटुरोग हुन सक्ने चिकित्सकको भनाई छ । तर, कहिलेकाही घुर्नुलाई सुताइमा अप्ठयारो या अन्य केही कारण हुनसक्ने उनीहरूको भनाई छ । 
८. खुट्टा नसुन्ने : केही काम नगर्दा पनि खुट्टा सुन्निने या दुखे त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीसँग सल्लाह लिन चिकित्सकको सुझाब छ । यस्ता व्यक्तिमा मुटुको समस्या या हृदयघातको सम्भावना हुने चिकित्सकको भनाई छ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-10-02 15:30:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts