तौल बढाउने सोँचमा हुनुहुन्छ ? यस्ता खाना खानुहोस्

आलुलाई बोक्रासहित खानु फाइदाजनक



Download our app to get more features

विश्वभर नै मोटोपना चिन्ताको विषय बनिरहेको छ ।

मोटो शरीर घटाउन मानिसहरू घण्टौं जिम सेन्टर धाउने, योगा गर्ने डाइटिंङ गर्ने गर्छन् । तर, सोँचे जसरी तौल नघट्दा उनीहरूले एक प्रकारको हिनताबोध अनुभव गरिरहेका छन् । तर, जो व्यक्ति दुब्लो छ उसको पीडा पनि मोटो व्यक्तिको भन्दा कम छैन ।

मोटो व्यक्ति तौल घटाउने जति मेहनत गर्छन दुब्लो मानिसमा पनि मोटो हुन उत्तिकै मेहनत गर्छन । आवश्यकता भन्दा कम दुब्लो हुनु पनि स्वास्थ्यका लागि राम्रो होइन । किनकी दुब्लो मानिसलाई रोगले चाडै आक्रमण गर्ने गर्छ । तौल बढाउन केही सजिलो घरेलु उपाय पनि छन् । जसको प्रयोगले केही दिनमै तौल बढेको अनुभव गर्न सकिन्छ । तौल बढाउने सोचाईंमा हुनुहुन्छ भने अपनाउनुहोस् यस्ता उपाय :

ड्राई फ्रुट्स : काजु, बदाम, किसमिस, पिस्ता, सुकेको नरिवल, आदि ड्राई फ्रुट्स सेवनले छिट्टै तौल बढ्छ । यी खानेकुरामा क्यालोरी, पोषण तत्व र फाइबर पर्याप्त मात्रामा पाइन्छ । एक कप किसमिसमा चार सय ४९ र बदाममा पाँच सय २९ ग्राम क्यालोरी पाइन्छ । 

चिज : फ्याट, प्रोटिन, क्याल्सियम र कोलेस्ट्रोलले भरिएको चिज वा पनीर पनि तौल बढाउनमा सहयोगी हुन्छन् ।

पिनट बटर : बजारमा पिनट बटर सजिलै पाइन्छ । एक ठूलो चम्चा पिनट बटर खानाले एक सय ग्राम क्यालोरी प्राप्त हुन्छ । यो मुटुको लागि स्वस्थकर मानि

आलू : आलुमा स्टार्च, कार्बोहाइड्रेट र भिटामीन सी पर्याप्त मात्रामा पाइन्छ । आलुलाई बोक्रासहित खानु फाइदाजनक हुन्छ । 

पास्ता : पास्तामा कार्बोहाइड्रेट र क्यालोरी पाइन्छ । एक कप म्याक्रोनीमा तीन सय ९० ग्राम क्यालोरी हुन्छ भने तयारी अवस्थाको एक कप म्याक्रोनी वा स्पेगेटीमा दुई सय २० ग्राम क्यालोरी हुन्छ । यसमा हरियो तरकारी राखेर खानाले अझ बढी फाइदा हुन्छ ।

मख्खन: घरमा बनाइएको मक्खन वा बटरलाई पाउरोटीमा लगाएर खाने वा दाल, तरकारीमा राखेर खानाले तौल बढ्छ ।

Last modified on 2017-09-14 15:33:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts