दूध र केरा सँगै खाँदा फाइदा भन्दा बेफाइदा बढी !

दुृवै खाँदाको समय २० मिनेटको फरक राखौं



Download our app to get more features

केरा र दूध दुवै पोषक तत्वले भरपूर हुन्छन् ।

प्रायः जसो मानिसले आफ्नो मसल्स बनाउने तयार गरिरहँदा उनलाई केरा र दूध खान सल्लाह दिइन्छ । त्यस्तै बनाना शेक पनि मानिसलाई मनपर्ने पेय पदार्थ मध्येको एक प्रसिद्ध पदार्थ हो । तर, विशेषज्ञहरुका अनुसार केरा र दूध एकै साथ सेवन गर्नाले स्वास्थ्लाई हानि पुर्याउन सक्छ । यसले शरीरको विभिन्न अंगहरुको फंगशनलाई पनि प्रभावित पार्छ । आयुर्वेदमा पनि केरा र दूध एकै साथ खानुलाई नराम्रो मानिन्छ । 

साइनस हुने खतरा
एक अध्ययनका अनुसार केरा र दूधको मिश्रणले हाम्रो पाचन तन्त्रलाई नराम्रो तरिकाले प्रभावित पार्छ । जसले गर्दा साइनस सम्बन्धी समस्या हुने खतरा हुन्छ ।

पेटमा ग्यासको समस्या 
भारतका आयुर्वेदाचार्य डा. सरोज पाण्डेका अनुसार केरा र दूध दुवै पौष्टिक खाद्य पदार्थ हुन्, तर, दुृवै खाँदाको समय २० मिनेटको फरकमा खानु पर्छ । अन्यथा यसले पेटमा ग्याष्ट्रीकको समस्या उत्पन्न गराउन सक्छ ।

शरीरमा विषाक्त पदार्थको उत्पन्न हुन्छ 
आयुर्वेदका अनुसार कुनै पनि ठोस फलको कुनैपनि तरल पदार्थमा समायोजन हुुनुलाई राम्रो हुँदैन । केरा र दूध सँग–सँगै खानाले शरीरमा विषाक्त तत्व उत्पन्न हुन थाल्छ । यसले शरीरको सम्पूर्ण कार्यप्रणालीमाथि नराम्रो असर पार्न सक्छ ।

शरीर गह्रुँगो बनिरहन्छ  
केरा र दूध एक साथ खानाले शरीर गहुँगो बनिरहन्छ र मस्तिष्कको क्षमतामा पनि कमि आउन थाल्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-09-20 15:04:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts