श्रद्धा कपुरको सुन्दरताको सेक्रेट

काँचो आँपकी पारखी



Download our app to get more features

बलिउड अभिनेत्री श्रद्धा कपूर युथ आइकनका रुपमा स्थापित छिन् । उनले अभिनय गरेका हरेकजसो सिनेमा हिट भएपछि दर्शकको मन जित्न सफल भएकी छिन् ।

उनले अभियन गरेको नयाँ सिनेमा ‘हसिना’ चाडै रिलिज पनि हुँदैछ । उनको अभिनय मात्रै राम्रो छैन बलिउड फिल्म उद्योगमा सबै भन्दा फिट र सुन्दर एक्ट्रेसको लिस्टमा पनि सामिल छिन् । फिट र सुन्दर शरीर बनाउन ३० बर्षीया श्रद्धाले गर्ने मेहनतलाई यसरी व्याख्या गरेकी छिन् । जानौं श्रद्धाको फिटनेस र ब्यूटी सेक्रेट –

— आशिकी–२ बाट बलिउडमा स्थापित भएकी चुलबुली अभिनेत्री श्रद्धा सँधै सन्तुलित आहार खान्छिन् । उनको आहारमा पोलेको सागसब्जी, अन्डा, माछा र फ्रुट जुस हुन्छन् । साथै उनी हरेक दिन व्यायम गर्न पनि छुटाउँदिनन् । 

— आकर्षक शरीरका लागि उनी दैनिक २ घन्टा व्यायम गर्छिन् । श्रद्धाका अनुसार फिटनेस एक किसिमको मनोरञ्जन हो । त्यसैले उनी कहिले योगा कहिले जिम जान्छिन् भने अन्य अतिरिक्त क्रियाकलाप जस्तै डान्स पनि गर्छिन । 

— श्रद्धा कपूरलाई घरको खाना निकै मन पर्छ । उनी जंक फूÞड, तेलयुक्त र अस्वस्थ खानपानबाट टाडै रहन्छिन । प्रायः जसो उनको खाना पर्याप्त फाइबर र प्रोटीनयुक्त हुनेगर्छ । यसका साथै रातको खाना पनि श्रद्धाले सँधै एउटै समयमा खाने गर्छिन् । राती ठीक ८ बजे खाना खाइसक्छिन् र ११ बजेसम्म सुतिसक्छिन् ।

— उनी शाकाहारी खाना मन पराउँछिन् । किनकी शाकाहारी खानामा प्रोटीनको मात्रा बढी हुन्छ । कहिलेकाही उनको डाइटमा प्रोटीन बार पनि हुन्छ । 

– तन्दुरुत शरीरका लागि व्यायाम गर्नु भन्दा करीब डेढ घण्टा पहिले उनी केहि खानेकुरा खाने गर्छिन । जसले व्यायम गर्दा शक्ति मिल्ने गर्छ । जिमको व्यायाम पछि उनी अत्यधिक मात्रामा प्रोटिन र उसिनेको हरियो तरकारी खाने गर्छिन् । 

— फिटनेसका लागि श्रद्धालाई उनको पिता शक्ति कपुरले प्रेरित गर्छन् । स्वास्थ्यलाई सँधै गम्भीरताका साथ लिनुपर्छ भन्दै बुबाले फिट रहन प्रेरित गर्ने गरेको उनी बताउँछिन् । श्रद्धाका अनुसार उनको घरमा सँधै स्वस्थ खाना बन्छ । 

उसो त श्रद्धा कपुर महाराष्ट्रियन स्टाइल रवा फ्राइड फ्रिस, जेरी र काँचो आँप खान पनि मन पर्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-09-22 10:33:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts