नियमित हस्तमैथुनले बढाउँछ 'पुरुषको यौनक्षमता'



Download our app to get more features

आफ्नो यौनपार्टनरसंग यौन सम्बन्ध बनाउन भन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जस्ले भरपुर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्बाउन सकिन्छ । 

१.शान्त तथा सकारात्मक रहनुहोस्–पुरुषहरुमा शीघ्रपतन उतिने समस्याको विषय बन्ने गरेको छ जति मानसिक समस्या हुने गर्दछ । यस्लाई आफ्नो कमजोरीका रुपमा नलिऊ र आफूलाई दोष दिन बन्द गरौं । आफैले आफैलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊ । बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाई सक्षम हुनसक्नुहुन्छ । 
२. आफैसंग अभ्यास –आफैसं यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ । यो तरिका पूर्णतया स्वस्थवद्र्धक तथा स्वभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन् । तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ । यस्ले शिघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ । यतिसम्म की हस्तमैथुनले तपाईलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ । यो अभ्यासले आफ्नो शरीर र यस्को इस्टामिनाका बरेमा तपाई स्वंमलाई परिचित गराइदिन्छ । यसबाट तपाई यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ । 

३. सम्भव भएसम्म नियमित यौनसाथी खोजौं– पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै  विशेषरुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन् । खासगरी यस्ती महिलासँग की जोसंग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन । मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसकि हिसाबले उत्तम मानिन्छ किनभने तपाई यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ ।  

४ कण्डमको प्रयोग गर्नुहोस्– धेरै पुरुषहरुको एउटै गुनाँसो रहेको हुन्छ की कण्डमको प्रयोगले सोचेजति यौनान्द प्राप्त हुदैंन। तर तपाई विस्तारामा अधिक समय यौनपार्टनरसँग बिताउन चाहानुहुन्छ भने यसको प्रयोग गर्नेपर्छ जस्को कारण तपाई निर्धक्कसंग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ ।

५. मदिरा तथा धु्रमपान कम गरौं–यस्ता पदार्थको सेवनले पुरुषहरुमा शिघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस् । 
 

Last modified on 2018-11-24 15:30:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts