फर्सी सेवनले घटाउँछ तनाव 

फाइबर, भिटामिन ए, सी र ईसहित अन्य पौष्टिक पदार्थ प्रशस्त

What's This?


Download our app to get more features

तँपाई हामी सँबैको भान्सामा प्रायः पाक्ने तरकारी हो फर्सी । स्वास्थ्यका दृष्टिकोणले पनि फर्सी निकै गुणकारी छ । फर्सीमा भिटामिनसहित अन्य पौष्टिक पदार्थ प्रशस्त पाइन्छ । जानौं फर्सीका फाइदा :
फर्सीले कार्डियोभास्कुलर रोगमा फाइदा पुर्याउनुको साथै तनाव पनि कम गर्छ । 

– फर्सीमा फाइबर, भिटामिन ए, सी र ईसहित अन्य पौष्टिक पदार्थ पनि प्रशस्त हुन्छ । जसले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

– २५० ग्राम फर्सीमा ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्छ ।

– फर्सीको बियाँ पनि उत्तिकै फाइदाजनक हुन्छ । यसको बियाँमा मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न मद्दत गर्छ ।

– फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले शरीरलाई स्वस्थ, स्मरणशक्तिमा वृद्धि, हाडलाई बलियो बनाउन मद्दत गर्छ ।

– पहेँलो भएर पाकेको फर्सी सेवन स्वास्थयका लाथि झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावनालाई रोक्छ भने मुटु रोगीका लागि समेत फाइदा गर्छ ।
 

Last modified on 2018-08-07 09:58:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts