यस्ता व्यक्ति दशैँमा व्रत नबस्दा राम्रो !



Download our app to get more features

हिन्दुहरूको महानपर्व बडा दशैँ सुरु भइसकेको छ । दशैंको नौ दिनलाई नवरात्री पनि भन्ने गरिन्छ । माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दशैँमा पुजाअर्चना गर्ने गरिन्छ । यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ । धार्मिक मान्यता र आचरणमा रहेर व्रत बस्दा स्वास्थ्यमा पनि फाइदा हुने विज्ञानद्वारा प्रमाणीत भइसकेको छ । तर, व्रत बस्नु राम्रो हुन्छ भन्दैमा सबै जना व्रत बस्नु ठीक होइन । स्वास्थ्य अवस्था ठीक नहुँदानहुँदै पनि कतिपय व्रत बस्ने गर्छन । अस्वस्थ अवस्थामा व्रत बस्नु हानिकारक हुन्छ । यसबाहेक बच्चा, वृद्ववृद्वा र गर्भवती महिला पनि व्रत बस्नु हुँदैन । साथै सही तरीकाले व्रत नबस्दा अनेक रोगहरूले आक्रमण गर्न सक्छ । जस्तैं सोरायसीस्, पेट सुन्निने, एक्जिमा आदि ।

मधुमेहका रोगीहरूले समय समयमा खाना र औषधि खानु पर्ने हुँदा यस्ता व्यक्ति व्रत बस्नु हुँदैन । उच्च रक्तचाप वा मुटु सम्बन्धी समस्या भएकाहरूले पनि व्रत बस्नु हुँदैन । किनकी जसलाई उच्च रक्तचाप हुन्छ र मुटु सम्बन्धी समस्या हुन्छ व्रताका कारण उसको शरीरको सम्पूर्ण गतिविधि नै बिग्रन सक्छ । साथै मुटु सम्बन्धी समस्या भएका व्यक्तिले व्रत बस्दा शरीर कमजोर हुन थाल्छ । यसैगरी मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिले पनि व्रत बस्नु हुँदैन । किनकी मिर्गौैलामा समस्या भएका व्यक्तिले व्रत बस्दा थप जटिलता आउने हुन्छ । 

रक्तअल्पत्ता भएकाहरूले पनि व्रत बस्नु उचित हुँदैन । किनकी रक्तअल्पत्ता भएका व्यक्तिले व्रत बस्दा थकान र कमजोरी हुन्छ । यस्तै कलेजो सम्बन्धी समस्या भएका व्यक्तिले पनि व्रत बस्नु हुँदैन । 

भर्खरै शल्यक्रिया गरेका व्यक्तिहरूले पनि व्रत नबस्दा राम्रो हुन्छ । गर्भवतीले पनि व्रत बस्नु हुँदैन । किनकी गर्भावस्थामा शरीरलाई पौष्टिक आहारको आवश्यता बढी हुन्छ । यो समय आमाको साथै गर्भमा रहेको बच्चामाथि पनि प्रभाव पर्ने हुँदा गर्भवतीले व्रत बस्नु हुँदैन ।

भर्खर शिशु जन्माएका सुत्केरीले पनि व्रत बस्नु हुँदैन । किनकी यो समयमा तपाईँले बच्चालाई स्तनपान गराउनु पर्ने हुँदा कमजोरी हुन सक्छ र शरीरमा पौष्टिक तत्वको कमी हुन सक्छ । त्यसैले यी अवस्था र समस्या छ भने व्रत नबस्नु होला ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-10-16 10:33:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts