विश्व स्वास्थ्य संगठनले भन्यो–बंगलादेशको रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिने खतरा



Download our app to get more features

बङ्गलादेश, १० असोज । विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरणार्थीका रुपमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शरणार्थी शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ । 

म्यानमारबाट भागेर बंगलादेशमा आइृ बसेका चार लाखभन्दा बढी शरणार्थी बसेको सो शिविरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले गरेको छ । 

म्यानमार र बंगलादेशको सीमा क्षेत्र नजिकै चार लाख ३६ हजार शरणार्थीले शरण लिएर बसेका छन् । उनीहरुले उक्त क्षेत्रमा बडो कष्टपूर्ण जीवनयापन गरिरहेका बताइएको छ । 

उनीहरुलाई विभिन्न ६८ वटा शिविर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थान, औषधोपचारको पनि उनीहरुलाई कमी छ । 

यसै कारणले उक्त शिविरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ । उनीहरु सो क्षेत्रमा बसेको एक महिनाभन्दा बढी भएको छ । 

अहिले नै उनीहरुमा सफा खानेपानीको अभाव रहेको र सरसफाइका लागि पनि राम्रो ध्यान नदिइएकाले पानीजन्य रोगको प्रकोप देखिएको छ । 

यसमाथि निगरानी राख्ने र आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा रहेको उक्त संगठनले जनाएको छ । 

ती शिविरलाई लक्ष्य गरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेशले पनि यसको व्यवस्था गरेको छ । तर पनि उनीहरुमा यो समस्या भने बाँकी नै रहेको छ । 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts