नियमित तातो पानी प्रयोगका फाइदा धेरै !



Download our app to get more features

पाई अफिसबाट घर फर्केपछि थकान महसुस गर्नुहुन्छ ? व्यस्त दिनचर्या, अफिसको काम, परिवारिक झमेलाले गर्दा पनि थकान महसुस हुनु स्वभाविकै हो । हामी थाकेको बेला कुनै काम गर्न नसक्ने अवस्थामा पनि पुग्छौं । थाकेको बेला कसैसंग बोल्न पनि निकै झन्झटिलो लाग्ने गर्छ । तर तातो पानीको प्रयोगले यी समस्याहरुबाट सजिलैसित छुट्कारा पाउन सकिन्छ । जानी राखौं, तातो पानीका फाइदाहरु यसप्रकार छन् :

१. थकान महसुस भएको बेला तातो पानीले नुहाए थकानबाट छिट्टै राहत पाइन्छ । 

२. छालासम्बन्धि वा लुतो भएका व्यक्तिले पनि तातो पानीले नुहाउँनुलाई उपयुक्त मानिन्छ । साथै तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउँदा छाला राम्रो हुने र जीउ दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।

३. तातो पानीमा कागतीको रस र मह मिसाएर पिउने गर्नाले रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रक्तसञ्चार सन्तुलित पनि हुन्छ ।

४. नियमित रुपमा बिहान उठेर तातो पानी पिउने गर्नाले कब्जियतको समस्या पनि समाधान हुन्छ ।

५. चिसो मौसममा तातो पानी नियमित पिउने गर्नाले रुघा–खोकीलगायत समस्याबाट बच्न सकिन्छ । 

६. तातो पानी पिउने गर्नाले हाड र जोर्नी सम्बन्धि समस्याबाट पनि छुट्कारा पाउनुका साथै जोर्नीमा घर्षण कम गर्छ । जसले गर्दा भविष्यमा बाथ रोगजस्ता गम्भीर रोग लाग्ने खतरा कम हुन्छ । 

७. मृगौला र श्वासप्रश्वास सम्बन्धि समस्या हुनेले चिसो पानीको सट्टा मनतातो पानी पिउनुलाई निकै राम्रो मानिन्छ ।   

 

Last modified on 2017-09-27 09:38:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts