अमिलो फलफूलले रोक्छ स्ट्रोक

What's This?


Download our app to get more features

हिजोआज बजारमा जुनसुकै स्वाद र सिजनमा पाइने फलफूल सजिलै पाइन्छ । रुची र स्वाद अनुसारको फलफूल सहजै बजारमा पाउँदा मानिसहरू आश्चर्यमा पार्न सक्छन् । कसैलाई अमिलो–गुलियो स्वाद भएको फलफूल मन पर्छ भने कसैलाई गुलियो मात्रै मन पर्न सक्छ । तर, गुलियो भन्दा अमिलो स्वादका फलफूलले आकस्मिक रुपमा स्वास्थ्यमा देखिने समस्याबाट (स्ट्रोक) जोगाउने विभिन्न अध्ययनहरूले देखाएका छन् । 

भिटामिन सीयुक्त अमिलो फल जस्तैं कागती, अम्बा, सुन्तला, नासपाती, अंगुर, अमला, आँप आदिको सेवनले हेमोरेजिक स्ट्रोक अर्थात् मस्तिष्कको कुनै पनि रक्त धमनी फाट्ने खतरालाई कम गर्छ । 

फ्रान्सको पोनसाइलु युनिभर्सिटीले स्ट्रोकको शिकार भइसकेका मानिस र स्वस्थ मानिसबीचको स्वास्थ्य अवस्था बारे अध्ययन गर्यो । वैज्ञानिकहरूका अनुसार, जुन व्यक्तिको रगतमा भिटामिन सी को मात्रा  कम थियो उसमा उच्च रक्तचाप वा मोटो मानिसमा स्ट्रोक हुने सम्भावना बढी थियो । तर, पर्याप्त मात्रामा भिटामिन सी खाने मानिसमा स्ट्रोकको सम्भावना निकै कम थियो । उक्त अध्ययन प्रतिवेदनमा महिलाले ७५ र पुरुषले ९० मिलिग्राम भिटामिन सी नियमित सेवन गर्न सुझाब पनि दिएको छ । 

नयाँ उपचार : अमेरिकाका वैज्ञानिकहरूले स्ट्रोकका लागि एउटा नयाँ उपचार विधि पत्ता लगाएका छन् । जुन विधि अनुसार स्ट्रोकको तीन घन्टा अघि नै जानकारी पाइन्छ । वैज्ञानिकहरूले रगतमा एक यस्तो अणुको पहिचान गरेका छन् जसको क्रियाकलाप स्ट्रोक भन्दा पहिले असामान्य हुन जान्छ । यो टेस्टका लागि यस्तो मेसिन बनाइएको छ जसले केहि मिनेटमै रगतको जाँच गरी मानिसमा स्ट्रोकको खतरा छ कि छैन भन्ने पत्ता लगाई दिन्छ ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-08-24 07:36:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts