यि हुन धुवाँधूलोबाट बच्ने आयुर्वेदिक उपाय



Download our app to get more features

बढ्दो जनसंख्या र तिव्र रुपमा भइरहेका विकास निर्माणका गतिविधिले विश्वभर प्रदूषणको मात्रा बढ्दो छ । बढ्दो प्रदुषण नरोकिए धुवाँधूलोकै कारण आगामी दिन मानिसको स्वास्थ्य स्थितीमा गम्भीर असर पर्ने विज्ञहरूले चेतावनी दिएका छन् । चेतावनीका कारण मानिसमा आफ्नो र आफन्तको स्वास्थ्य बारे चिन्ता बढेको छ । तर, यि खतरनाक समस्याबाट राहत पाउन आयुर्वेद विशेषज्ञहरूले केहि सुझाब र उपाय बताएका छन् । यि सुझाबको व्यवहारिक प्रयोगबाट तपाईं हामी सजिलै धुवाँ धूलोका कारण हुने स्वास्थ्य समस्याबाट टाढै रहन सक्छौं ।

यस्ता छन् प्रदूषणजन्य रोगबाट जोगाउने आयुर्वेदिक तत्वहरू : 

निम
सेन्ट्रल आयुर्वेद क्याम्पस विजौरी दाङ्गका प्रशिक्षक डा.अमित कर्णका अनुसार निमको पातलाई पानीमा उमालेर उक्त पानीले छाला धोए धुवाँ धूलोजन्य संक्रमणबाट बच्न सकिन्छ । यसले छालामा भएको धूलोका कण सफा पार्छ । सातामा कम्तीमा दुई देखि तीन पटक निमको पात ३ देखि ४ वटा खानु स्वस्थकर मानिन्छ । यसले रगत सफा गर्नमा मद्दत गर्छ ।
 
तुलसी
डा. कर्णले प्रत्येक घरमा तुलसी रोपेर पनि धुवाँधूलो नियन्त्रण गर्न सकिने बताएका छन् । यसबाहेक दैनिक १०–१५ मिलिलिटर तुलसी पत्ताको रस पिउन सके त्यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ । 

बेसार 
आधा चम्चा बेसारको धुलोमा एक चम्चा घ्यू वा मह मिसाएर बिहान बेलुका खाली पेटमा खादा पनि शरीर स्वस्थ हुने डा. कर्णको सुझाब छ । यसले शरीरमा भएका प्रदूषणलाई सफा गर्नमा सहयोग गर्छ ।

घ्यू
डा. कर्णका अनुसार बिहान नाकमा गाईको घ्यू दुई थोपा राख्नाले प्रदूषित कणहरू सफा हुन्छन् । दैनिक दुईदेखि तीन चम्चा घरमै बनाएको घ्यू सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले सिसा र पारो जस्ता धातुको विषाक्त प्रभावलाई गायब गर्न सहयोग गर्छ । साथै ती धातुका कणलाई हड्डि, मिर्गौला र कलेजोमा जम्मा हुन दिदँैन ।


 

Last modified on 2017-10-05 15:14:49

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts