हैजाबाट यमनमा दुई हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

साना, २२ असोज ।  यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । 

गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या बढेर दुई हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले शनिबार जनाएको समाचारमा उल्लेख छ । यमनका २३ वटा प्रान्त मध्ये २२ वटा प्रान्तमा हैजा फैलिएको थियो । हैजाबाट कुल आठ लाख ६२६ जना विरामी भएको विश्व स्वास्थ्य संगठनद्वारा सञ्चारकर्मीलाई वितरित विज्ञप्तिमा जनाइएको छ । 

मृत्यु भएकामध्ये अधिकांश घटना उत्तरी हाज्जाह प्रान्तमा भएका हुन् । त्यसैगरी धेरै बिरामीहरु भने उत्तरपश्चिमी होडेइडाह प्रान्तका रहेका पनि उक्त समाचारमा जनाइएको छ । हैजाको प्रकोप फैलिएका दुवै ठाउँ हुथी विद्रोहीको नियन्त्रणमा रहेका छन् । रेडक्रसको अन्तरराष्ट्रिय समितिले गतहप्ता मात्र यस वर्षको अन्त्यसम्म झन्डै दश लाख मानिसलाई हैजाले सताउने अनुमान गरेको थियो । 

यमनमा साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धका कारण खानेपानी तथा सरसफाई सम्वन्धी संरचना क्षतिग्रस्त भएका छन् । त्यसैगरी आधाभन्दा बढी स्वास्थ्य सेवासम्वन्धी संरचना पनि सेवा प्रवाह गर्न नसक्ने अवस्थामा रहेका छन् । अनेक संरचनाहरुमा क्षति पुगेकाले यमनमा अहिले एक करोड ५० लाख नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र सुरक्षित खानेपानी तथा सरसफाई सम्वन्धी सेवाको समेत अभाव छ । 

हुथी विद्रोहीको नियन्त्रणमा रहेका ती क्षेत्रहरुमा दाताहरुले सहायता बाड्न खोज्दा पनि उनीले त्यहाँ जान दिने गरेका छैनन् । 

यसका कारण हैजाका साथै विभिन्न अरु पानीजन्य रोग र बालबालिकामा कुपोषणको अवस्था देखिएको छ । तर दाताहरुको ध्यान भने यथोचितरुपमा ती क्षेत्रहरुमा पुग्न नसकेको बताइएको छ । (रासस÷सिन्ह्वा)
 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts