तपाईंलाई थाहा छ ? नरिवलबाटै ब्लड ग्रुप पत्ता लगाउन सकिन्छ !

'ए पोजिटिभ' ब्लड ग्रुप हुँदा नरिवल ४५ डिग्रीको स्थितिमा घुम्नेछ



Download our app to get more features

‘तपाईं नरिवलबाट आफ्नो ब्लड ग्रुप पत्ता लगाउन सक्नुहुन्छ’ कसैले भन्यो भने पत्यार नलाग्न सक्छ । 

किनभने मानिसहरु ब्लड ग्रुप थाहा पाउन अस्पताल वा ल्याबमा जाने गर्छन् । नरिवलबाट पनि थाहा पाउन सकिन्छ र ? यो कसरी सम्भव हुनसक्छ ? नरिवलको सहायताले कसरी ब्लड ग्रुप जाँच गर्न सकिन्छ ? अधिकांश मानिसले यस्तै प्रतिप्रश्न दोहर्याउन सक्छन् ।

हुनतः सुन्दा अचम्म लाग्ने कुरा हो । भारतीय वैज्ञानिक बी.डी.गुहा र उनको टीमले गरेको अनुसन्धानका क्रममा यस्तो आश्चर्यजनक परिणाम निकस्केको भारतिय पत्रिका दैनिक जागरणले प्रकाशित गरेको छ । 

अनुसन्धानले के भन्छ ?

नरिवलबाट ब्लड ग्रुप पत्ता लगाउन सकिने अनुसन्धानले प्रमाणित गरेको छ । अध्ययनका अनुसार पाँच ब्लड ग्रुप नरिवलको सहायताले छुट्याउन सकिन्छ । बाँकी तीन ब्लड ग्रुपमाथि अहिले अनुसन्धान भइरहेको बताइन्छ । 

अनुसन्धानको निष्कर्ष

नरिवलबाट ब्लड ग्रुप जाँच गर्न कुनै पनि व्यक्तिको शिरभन्दा अलिकति माथि हातमा नरिवल राख्ने । केही समयपछि नरिवल अर्को दिशामा फर्किनेछ । 

–ए पोजिटिभ ब्लड ग्रुप हुँदा नरिवल ४५ डिग्रीको स्थितिमा घुम्नेछ ।

–एबी पोजिटिभमा ४५ देखि ५५ डिग्रीमा घुम्नेछ । 

–बी पोजिटिभि भए ६० डिग्री र ओ पोजिटिभमा ९० डिग्रीमा हुनेछ । 

–ओ निगेटिभमा १८० डिग्रीको स्थितिमा देखिनेछ । 

यो परीक्षण खेल्दै गरेको बालबालिकामाथि गरिएको थियो । केही बच्चाको शिरभन्दा अलिमाथि हातमा नरिवल राखियो । त्यसपछि नरिवल ९० डिग्रीमा देखियो । ल्याबमा उक्त बच्चाको ब्लड ग्रुप जाँच गर्दा ओ निगेटिभ पाइयो । 

यसरी पनि ब्लड ग्रुप पत्ता लगाउन सकिन्छ भन्ने अनुसन्धानमा सत्यता छ भने साँच्चिकै वरदान सावित हुनेछ । स्वास्थ्य क्षेत्रमा नयाँ आयामको सुरुवात भएको मानिनेछ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-10-11 17:50:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts