युवालाई तन्दुरुस्त राख्न अनौठो तरिका !



Download our app to get more features

विद्यालय वा कलेजमा पढ्ने छात्रछात्राले लागुऔषध दुव्यर्सनबाट टाढा रहने संकल्प लिने कुरा अब पुरानो भइसकेको छ ।

हरेकजसो विद्यालय र कलेजले छात्रछात्रालाई दुव्यर्सनबाट टाढा राख्न मेडिटेसन, व्यायाम र खानपानमा सुधार गर्न थालेका छन् । अमेरिकाको वरमन्ट यूनिभर्सिटी (यूभीएम) मा नशामुक्त होस्टेलको व्यवस्था छ । यूभीएमको उक्त होस्टेलको नाम वेलनेस इन्भारोमेन्ट राखिएको छ । जहाँ बस्ने छात्रछात्रालाई उसको स्वास्थ्यका लागि के राम्रो के नराम्रो हो भन्ने शिक्षा दिइन्छ । यसबाहेक उसको फिटनेस कोच र जिमको लागि निःशुल्क सदस्यता जस्ता सुविधा दिएर स्वस्थ रहन प्रेरित गरिन्छ । वेलनेस इन्भारोमेन्टका संस्थापक डा. जिमले होस्टेलमा छात्रछात्रालाई स्वस्थ खानपानको विकल्प दिँदा सहजै अपनाउने गरेको बताए । 

उक्त यूनिभर्सिटीमा नशामुक्त वातावरण बाहेक अन्य प्रयास पनि गरिएको छ । ‘हेल्दी ब्रेन, हेल्दीबडी’ नामक अडिटोरियममा छात्रछात्रा मेडिटेसन गर्छन् । डा. जिमले छात्रछात्रासँग न्यूरोसाइन्सका बारेमा पनि कुराकानी गर्ने गर्छन्, जुन शारीरिक र मानसिक स्वास्थ्यसँग सम्बन्धीत हुन्छ ।

होस्टेलमा कुनै पनि प्रकारको नशा गर्ने स्थान छैन । यदि कसैले कुनै पनि किसिमको नशा प्रयोग गरे समातिन्छन् भने उनलाई होस्टेलबाट बाहिर निकालिन्छ । जसले गर्दा होस्टेलको वातावरण निकै शान्त छ । एक मेडिटेसन कक्षामा सहभागि छात्रका अनुसार वेलनेस इन्भाइरोमेन्टमा सहभागि हुनु राम्रो साबित भएको छ । उनी हेल्दी लाइफ स्टाइलका साथै आफूसँगै भएका अन्य साथीलाई पनि उक्त होस्टेलमा आउन सल्लाह दिन्छन् । 

हेल्दी लाइफका लागि मोबाइल एप
यसबाहेक छात्रहरूको हेल्दी लाइफ स्टाइल अपनाउन प्रोत्साहित गर्न निकै अनौठो मोबाइल एप निर्माण गरिएको छ । उक्त एपको माध्यमबाट छात्रहरूले हेल्दी विकल्प छनौट गर्न सक्छन् । उक्त एपमार्फत ह्याट, मोजा जस्ता सामान पनि किन्न सक्छन् । र एपमार्फत समुदायका बालबालिकालाई पनि होस्टलका छात्रछात्राले मेडिटेसन र फिटनेसका लागि प्रोत्साहित गराउन सक्छन । 


 

Last modified on 2018-12-13 07:21:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts