तोरीको साग : भिटामिन र खनिजको भण्डार

लागु पदार्थको विषलाई निस्तेज पार्छ

What's This?


Download our app to get more features

हामीले खाने साग मध्ये तोरीको साग पनि एक हो ।

तोरीको सागले हामीले सोचेँ भन्दा निकै बढी फाइदा गर्ने एक अध्ययनले देखाएको छ ।  धेरै मात्रामा खनिज र भिटामिन हुने यो सागमा थोरै मात्र क्यालोरी हुन्छ । नियमित रुपमा तोरीको साग खाँदा शरीरमा पोषणको मात्रा बढाउँछ, उर्जा प्रदान गर्छ । भिटामिन, खनिज, डाइटयुक्त फाइबर र प्रोटिनको मिश्रण हुने भएकाले सागका धेरै फाइदा छन् ।


Proceedings of the IPGRI International Workshop on Genetic Resources of Traditional Vegetables in Africa  का अनुसार यस्ता छन् तोरीका फाइदा :

  • क्यान्सरको जोखिम कम गर्छ 
  • तोरीको सागमा एन्टिअक्सिडियन्ट र अनुत्तेजक तत्व हुन्छ । जसले क्यान्सरको जोखिम कम गर्छ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयमा हुने क्यान्सरको जोखिमलाई कम गर्छ । 
  • मुटु स्वस्थ राख्छ
  • तोरीको सागको नियमित सेवनले मुटु स्वास्थ्य राख्न पनि सहयोग गर्छ । यसलेरगतमा कोलेस्ट्रोलको तह घटाउने र फोलिक एसिड (भिटामिन एम) को मात्रा बढाउँछ ।
  • एन्टिअक्सिडियन्टको मात्रा बढी 
  • तोरीको सागमा भिटामिन के, भिटामिन ए र भिटामिन सी गरी तीन ठूला एन्टिअक्सिडियन्टको मात्रा हुन्छ । यसमा आइरन, भिटामिन एम र भिटामिन ई पनि पाइन्छ । भिटामिन ई, सी र एले कोषलाई क्षति गर्ने अणुहरुलाई नष्ट गर्न सहयोग पुर्याउँछ । साथै यसले दम र मुटु रोग लागेका बिरामीलाई फाइदा गर्नुका साथै पिरियड समाप्त भएपछि महिलामा देखिने समस्या रोक्छ ।
  • लागु पदार्थको विषलाई निस्तेज पार्छ
  • मदिरा र ड्रग्समा हुने बिष हटाउँछ पनि तोरीको हरियो सागले मद्दत गर्छ । यसमा पाइने एन्टिअक्सिडियन्ट र सल्फरले विषालु पदार्थलाई हटाउँछ ।
  • पाचनक्रियामा सहयोगी
  • यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ ।
  • हड्डी सम्बन्धी रोगबाट बचाउँछ
  • तेरीको साग क्याल्सियम र पोटासियमको महत्वपूर्ण स्रोत हो । यो सागले हड्डीसँग सम्बन्धित प्राय सबै समस्याबाट मुक्ती दिलाउँछ ।
  • तौल घटाउँछ 
  • यो सागमा उच्च मात्रामा फाइबरयुक्त पोषण हुने भएकाले मेटाबोलिजमलाई व्यवस्थापन गर्न र तौल घटाउन पनि मद्दत गर्छ ।
  • मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ 
  • मानिस वृद्ध हुँदै गर्दा उसको मानसिक क्षमतामा पनि बिस्तारै ह्रास आउँछ । अध्ययन अनुसार दिनमा तीन पटकसम्म हरियो सागसब्जी खाँदा मानसिक क्षमताको ह्रासमा ४० प्रतिशतले घट्छ ।
  • दमका रोगीलाई राहत 
  • यो साग दम रोगीका लागि पनि उत्तिकै लाभदायक हुन्छ । यसले फोक्सो स्वस्थ बनाउँछ । 
Last modified on 2018-08-12 12:57:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts