नयाँ दिल्लीमा यति बढ्दै छ की वायु प्रदुषण, २५ खिल्ली चुरोट ताने जतिकै असर

दैनिक १० हजार लीटर विषालु हावा पिउन बाध्य



Download our app to get more features

बीबीसी, कात्तिक २ । भरतको राजधानी नयाँ दिल्लीमा यति वायु प्रदुषण चुलिएको छ की हर कोही व्यक्ति ननस्मोकर कोही रहेनन्अर्थात चुरोट अम्मली जत्तिकै प्रदुषणबाट ग्रसित रहेका छन् ।

त्याहाँका चिकित्सकहरुले दिल्लीमा चुरोट खाने र नखाने सबैको फोक्सो बिग्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यहा रहने प्रत्येक व्यक्ति दुषित हावा आफ्नो फोक्सोमा यसरी भरिरहेका छन् की जस्को असर २० देखि २५ चुरोटको खिल्ली खाए बराबर रहेको छ । झन तिहारका बेला पड्काइने पटकाले त वायुप्रदुषण गर्न धेरै सहयोग गरिरहेको हुन्छ ।

दिल्लीको सर संगाराम अस्पतालको लग्स्स सर्जरी डिपार्टमेन्टका डा. अरविन्द कुमारका अनुसार राजधानीको हावा कुनै पनि कोणले सास लिन लायक नै छैन् र दिल्लीमा ननस्मोकर व्यक्ति कोही पनि रहेनन् ।
उनले भने –दिल्ली शहरमा एयर क्वालिटी इण्डेक्स ३६० भन्दा माथी छ जुन २० देखि २५ खिल्ली चुरोट पिएजत्तिकै स्वास्थ्यको लागि हानिकारक हो ।

उनी अगाडी थप्छन् –एक दिनमा एक जना मानिसले  २५ हजार पटक श्वास लिने गर्दछ । एकपटकमा  ३५० देखि  ४०० मिलीलीटर हावा मानिसको शरीरभित्र प्रवेश गर्ने गर्दछ । यस अनुसार पनि दिल्ली शहरमा दैनिक १० हजार लीटर प्रदुषित तथा विषालु हावा पिइरहेका छन् । अझ दिपावलीको दिन त यसको मात्रा धरै बढ्ने उनको भनाई छ ।

उनका अनुसार पटक पड्काउँदा निस्किने तत्व हाम्रो स्वाथ्यका लागि विष सरह नै हो । आम मानिसमा पटका पट्काउँदा निस्किने विषाक्त चिज एक दिनमै  विलाएर जाने गलत धाराण रहेको भन्दै उनले यसको असर दीर्घकालिन हुने गरेको बताउँछन् ।  पटका पड्काउँदा हामीले धेरै मात्रामा विषालु पदार्थ आफ्नो शरीरभित्र भित्त्राउने र पछि सम्म त्यसको असर रहिहने विज्ञहरुको भनाई छ । चिकित्सकहरुका अनुसार फोक्सोमा जम्मा हुने यस्ता प्रकारका विषाक्त पदार्थको कुनै पनि उपचार हुदैन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts