मूलाको दैनिक सेवनले रोक्छ डन्डीफोर 



Download our app to get more features

नेपालीमा एउटा उखान छ ‘अदुवा खाई सभा बस, मूला खाई बन पस ।’

अर्थात मूला खाएपछि आउने डगारको गन्धले वरपर बसेका मानिसलाई भगाउँछ । वरपरका मानिसलाई भगाए पनि मूलाको नियमित सेवन स्वास्थ्यका लागि भने निकै लाभप्रद हुने आयुर्वेदमा उल्लेख छ । आयुर्वेदका अनुसार मूलाले खाना पचाउँछ यसलाई पाचकका रुपमा पनि लिइन्छ । यसले मानव शरीरको पाचन प्रक्रियालाई सक्रिय राख्न मद्दत गर्ने आयुर्वेदमा उल्लेख छ । मूला खाएपछि आउने गन्धसँगै शरीरमा भएका विभिन्न रोगका किटाणु पनि बाहिर आउने जनाइएको छ । 

आयुर्वेदका अनुसार मूलाको नियमित सेवनले अनुहारमा डन्डीफोर पनि आउन दिदैन । साथै मूलामा रगत सफा गर्ने तत्व र रक्तसञ्चारलाई समेत लय ल्याउँछ । यसले छालामा भएका दाग वा पोतो निको पार्छ । मूलामा भिटामिन ‘ए’ पाइन्छ । यस कारण यो तरकारीका रुपमा सेवन गर्दा आँखाका लागि फाइदाजनक छ । आयुर्वेद अनुसार, जाडो याममा सधै बिहानीपख मूला खानेहरूको आँखाको ज्योति वृद्धावस्थासम्म तेजिलो हुन्छ ।

मुलाको नियमित सेवनले पायल्सबाट पनि मुक्ति दिलाउँछ । पिसाबमा संक्रमण भए मुलाको रस सेवन गर्नु राम्रो हुने चिकित्सकको सुझाब छ । यो मधुमेहका रोगीका लागि पनि लाभकारी हुन्छ । हरेक मौसममा पाइए पनि चिसो याममा पाइने मूलाको सेवन उत्तम मानिन्छ । मूला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुने आयुर्वेदमा उल्लेख छ । यसले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहयोग गर्छ । 

एक सय ग्राम मूलामा ० दशमलब ७ ग्राम प्रोटिन, ३ दशमलब ४ ग्राम कार्बाेहाइड्रेड, ० दशमलब १ ग्राम बोसो, १७ मिलिग्राम ऊर्जा, ० दशमलब ६ ग्राम खनिज, ३५ मिलिग्राम क्याल्सियम, ० दशमलब ८ ग्राम फाइबर, २२ मिलिग्राम फस्फोरस, ० दशमलब ५ मिलिग्राम नायसीन, १५ मिलिग्राम भिटामिन सी, ० दशमलब ४ मिलिग्राम आइरन, ३ मिलिग्राम क्यारोटिन, ० दशमलब ०६ मिलिग्राम थायमीन, ० दशमलब ०२ मिलिग्राम राइबोफ्लोबिन र ९४ दशमलब ४ ग्राम पानी हुन्छ । 

Last modified on 2018-11-04 14:57:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts