मोजाविनै जुत्ता लगाउनु हुन्छ ? इन्फेक्सन होला



Download our app to get more features

फेसेनेवल देखिन के तपार्इं मोजाविनै जुत्ता लगाउन रुचाउनु हुन्छ ?

अथवा, मोजा गन्हाउने र धुने झन्झटबाट मुक्त हुन मोजा नै नलगाई जुत्ता लगाउँदै हुनुहन्छ ? यदि यस्तो गर्दैहुनुहन्छ भने साबधान १ मोजा नलाई लामो समय जुत्ता लगाउँदा इन्फेक्सनको सम्भावना उच्च हुन्छ ।

मोजाविनै जुत्ता लगाउँदा सजिलो र फेसेनेवल त देखिएला तर, यो बानीले तपार्इंको स्वास्थ्यमा नकारात्मक असर गर्ने एक अध्ययनले जनाएको छ । ब्रिटेनको कलेज अफ पोडियाट्रीका अनुसार यस्तो फेसन ट्रेनले पुरुषमा फंगल इन्फेक्सनको खतरा बढाउँछ । खुट्टाको उपचार गर्ने विशेषज्ञ एम्मा स्टीफन्सनका भनाईमा १८ देखि २५ वर्षका पुरुष जुत्तासँग मोजा नलगाउँदा नै आफूलाई फिटिङ र आकर्षक महसुस गर्छन् । तर, यो बानी बिमारीको घर हो । 

फेसेनेवल तथा क्याटवाक्मा भाग लिने मोडेलहरू विना मोजा जुत्ता लगाएर सहभागि हुने गर्छन । टिन्नी टेम्फा एक प्रसिद्ध मोडल हुन् । उनले स्टाइल सम्बन्धी धेरै पुरस्कार पनि हात पारिसकेका छन् । उनी धेरै जसो मोजाविनाको जुत्तामा मोडेलिङ गरिरहेका हुन्छन् । यति मात्र होईन स्टायलिस देखिनका लागि कयौं संगीतकार तथा गायक पनि विनामोजा नै स्टेजमा देखिन्छन् ।

खुट्टाबाट निस्कन्छ दैनिक तीन सय मिलिलिटर पसिना 
विशेषज्ञ एम्मा स्टीफन्सनले बीबीसीलाई बताए अनुसार सामान्यतया एक दिनमा खुट्टाबाट तीन सय मिलीलीटर पसिना निस्कन्छ । धेरै गर्मीका बेला यो मात्रा अझै बढ्छ । मोजा नलगाउँदा उक्त पसिनाले जुत्ता र खुट्टा भिज्ने र खुट्टामा फंगल इन्फेक्सन हुने गर्छ ।  उनले खुट्टामा धेरै पसिना निस्कनु पनि उचित नभएको बताए । एम्माका अनुसार अनुसन्धानका क्रममा उनले एक यस्ता किशोरी भेटेकी थिए जो दिनभर कार धुनु काम गर्थे । उनी दिनभर मोजाविनाकै जुत्ता लगाएर काम गर्थे । उसको खुट्टाबाट अधिक पसिना आउने गर्थे । पसिनाकै कारण उसको खुट्टामा फंगल इन्फेक्सन भएको थियो । उसको हालत एकदमै नाजुक थियो । 

यति थाहा पाउँदा पाउँदै पनि तपार्इं मोजा लाउन अनिछुक हुनुहुन्छ भने यी तीन कुरामा ध्यान दिनुहोस् । 

—    थोरै समयमात्र विना मोजा जुत्ता लगाउने प्रयास गर्नुहोस् ।
—    जुत्तालगाउनु भन्दा पहिला आफ्नो पैतलाको तल एन्टिपर्सिपरेण्ट स्पे गर्नुहोस् ।
—    आफ्नो खुट्टामा तथा पैतलामा कुनै प्रकारको दुखाई हुनासाथ तुरुन्त डाक्टरको सम्पर्कमा गइहाल्नुहोस् ।

Last modified on 2018-12-18 16:49:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts