३० महिलालाई जानी जानी एचआईभी सार्ने व्यक्तिले पाए २४ वर्षको जेल सजाय



Download our app to get more features

बीबीसी,११ कात्तिक । इटालीका एक नागरीक 'वालेन्टीनो तलुटो' ले आफु एचआईभी संक्रमित भएको जानकारी पाएपछि जानीबुझि नै अन्य ५३ जना महिहलाहरुसंग असुरक्षित यौनसम्बन्ध बनाए ।

त्यसमध्ये ३० जना महिलालाई त एचआइभी सर्यो नै । उनले यौन सम्पर्क गरेकी मध्ये एकजना किशोरी त झन जम्मा १४ वर्षकी मात्र थिइन् । समाचार एजेन्सी एएफपीका अनुसार यौन सम्पर्कका क्रममा जब कुनै महिलाले कण्डमको प्रयोग गर्न आग्रह गर्थिन तब तलुटोले आफुलाई कण्डमको कडा एलर्जी भएको बताउँथे भने कसैलाई आफुले भर्खरै मात्र एचआइभी टेस्ट गरेको र आफू स्वस्थ रहेको आस्वस्त पार्दथे ।
जब केही महिलाहरुमा  एचआइभी लागेको पत्ता लाग्यो तब तलुटोले आफु स्वस्थ छु भन्दै ढाटेर असुरक्षित यौनसम्पर्क गरेको पोल खुल्न थाल्यो । उनले महिलाहरुसँग यौनसम्बन्ध बनाउनका लागि  सोसल नेटवर्कका साथै 'हार्टी स्टाइल' नामक डेटिङ साइट आफैले खोलेर लागिपरिरहेका थिए

तालुटोले महिलाहरुसंग असुरिक्षत यौन सम्बन्ध बनाएका कारण तीन पुरुष तथा एक बच्चा पनि एचआइभी संक्रमित बन्न पुगेका छन् । तालुटो विरुद्ध अदालतमा मुद्दा चलिरहदा उनका वकिलले तालुटोले असुरक्षित यौनसम्पर्क गरेपनि उनले जानी जानी रोग नफैलाएको दाबी गर्दै बचाउ गर्न खोजेका थिए । स्थानीय मिडियका अनुसार उनलाई त्याहाँको अदालतले २४ वर्ष सम्मको जेल सजाय सुनाएपछि पीडीत महिलाहरु  रुन थाले किनकी उनीहरुले जन्मकैदको माग गरेका थिए । 
 

Last modified on 2017-10-28 16:43:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts