गिजामा समस्या छ ? ल्वाङ चिया पिउनुहोस् 



Download our app to get more features

तपार्ईं हामी दिनको सुरुवात चिया वा कफीबाट गर्ने गर्छौं ।

चिया पिउदा कसैले अदुवा राखेर पिउन मन पराउँछन् भने कसैले ग्रीन टी पिउन मन पराउँछन् । त्यति मात्र नभई कसैले ब्ल्याक टी पिउन रुचाउँछन् भने कसैले लेमन टी रुचाउँछन् । तर, के तपाईंले ल्वाङ राखेको चिया कहिल्यै पिउनु भएको छ ? ल्वाङ राखेको चियाले चियाको तलतल मात्रै मेटाउँदैन स्वास्थ्यका लागि पनि उत्तिकै फाइदा गर्छ । यदि तपाईं पनि चियाको शौखिन हुनुहुन्छ र विहानै चिया पिएर दिनको सुरुवात गर्न चाहनु हुन्छ भने अबदेखि ल्वाङ राखेर चिया पिउने बानी बसाल्नुहोस् । किनकी ल्वाङ राखेर चियाले औषधि समान काम गर्छ । 

ल्वाङ चियाका फाइदा 
— गिजामा समस्या छ भने ल्वाङ हालेको चिया पिउनु फाइदाजनक हुन्छ । ल्वाङ हालेको चिया नियमित सेवन गर्नाले गिजा र दाँतसँग सम्बन्धित समस्यामा राहत मिल्छ । यसले मुखमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ ।
—अहिले जाडोको मौसम पनि सुरु भइसकेको छ । जाडो मौसममा छाती दुख्ने समस्या हुनसक्छ । यस्तो बेला ल्वाङ राखेको चिया पिउनु फाइदाजनक हुन्छ । यसले कफ सफा गर्न सहयोग गर्छ ।

— ल्वाङमा म्याग्नेसियम पाइन्छ । जसले ब्याक्टेरियल इन्फेक्सनबाट जोगाउँछ । साथै इम्यूनिटी पनि बढाउँछ ।

— ल्वाङ चिया पिउनाले पेट सम्बन्धी समस्यामा पनि राहत मिल्छ । यदि तपाईंमा एसिडिटी र पेट दुख्ने समस्या छ भने ल्वाङ चियाको प्रयोग फाइदाजनक हुन्छ । 
–ल्वाङ एक आयुर्वेदिक गुण भएको तत्व हो । छालाको लागि पनि ल्वाङ निकै फाइदाजनक मानिन्छ । नियमित ल्वाङ चिया पिउनाले छालासँग सम्बन्धित समस्यामा ठीक भएर जान्छ ।
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-11-20 09:47:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts