आधा घन्टाको व्यायामले बढाउँछ उमेर !



Download our app to get more features

स्वस्थ रहन हामी अनेक उपाय अपनाउँछौं । घण्टौं व्यायाम गर्नेदेखि विभिन्न किसिमका डाइट खाने गर्छौ ।

तर, नतिजा चित्त बुझ्दो हुँदैन । तर क्यानडामा हालै सम्पन्न एक अध्ययनले घन्टौं व्यायामको साटो केवल आधा घन्टाको व्यायाम त्यो पनि सातामा ६ दिन गर्दा उमेर बढ्ने जनाएको छ । आधा घन्टाको शारीरिक गतिविधिले तपाईं आफूलाई स्वस्थ महसुस गर्न सक्नु हुन्छ । जसको कुनै साइड इफेक्ट हुँदैन । चिकित्सा क्षेत्रको प्रसिद्ध म्यागेजिन लसेन्टमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार सातामा ६ दिन आधा घन्टाको व्यायाम गर्दा मुटु सम्बन्धी समस्या र कम उमेरमै हुने मृत्युको जोखिम कम हुन सक्छ । 

अध्ययनका अनुसार यदि सबै व्यक्तिले सातामा ६ दिनमात्रै ३० मिनेट व्यायाम गर्ने हो वा कुनै पनि किसिमको शारीरिक गतिविधि गर्ने हो भने संसारभर मृत्युदर कम हुन्छ । हरेक १२ मध्ये एक जनालाईं चाँडै मृत्यु हुनबाट रोक्न सकिन्छ र हृदयरोग हुने २० मध्ये एकको आशंका कम गर्न सकिन्छ । उक्त अध्ययन रिपोर्टका अनुसार शारीरिक गतिविधि अन्तर्गत जिम जानु, कार्यस्थलको लागि पैदल हिँड्नु र घरको काम समावेश छन् ।

अनुसन्धानकर्ताले १७ देशका एक लाख ३० हजार मानिसमाथि अवलोकन गरेका थिए । जसमा भारतका २४ हजार मानिस सहभागि थिए । अध्ययन टोलीको प्रमुख तथा क्यानडाको सेन्ट पल्स अस्पतालका प्रोफेसर स्कट लियरका अनुसार धेरै व्यायामले हृदय रोगको खतरालाई कम गर्ने बताए । अध्ययनमा सहभागि भारतीय अनुशन्धानकर्ता र मद्राश डायबीटिज रिसर्च फाउन्डेशनका उपाध्यक्ष डा.आरएम अन्जानाले भारतको  परिप्रेक्ष्यमा उक्त अध्ययन निकै प्रासंगिक भएको बताइन । घरमा काम गर्नु र कार्यस्थलको शारीरिक गतिविधिले पनि व्यक्तिलाई फाइदा हुन्छ भन्ने जानकारी पहिलो पटक दिनु राम्रो भएको बताइन् ।

WHO का अनुसार १८ देखि ६४ वर्ष उमेर समूहकाले सातामा कम से कम एक सय ५० मिनेटसम्म मध्यम किसिमको ऐरोविक गर्नुपर्छ । यसका साथै कम से कम दुई पटक मांसपेशीलाई बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ । उक्त अध्ययनमा एक लाख सात हजार मानिसले यो गाइडलाइनको पालना गरे र ती मध्ये तीन दशमलब आठ प्रतिशतलाई मात्र मुटुसँग सम्बन्धित रोग देखियो । यसैगरी गाइडलाइन पालना नगर्ने २३ हजार मानिस थिए, जसमा पाँच दशमलब प्रतिशतलाई मुटु सम्बन्धित रोग देखियो । जो एक्सरसाइज र शारीरिक गतिविधिमा सहभागि भए उनीहरूको मृत्युको सम्भावना चार दशमलब दुई प्रतिशत मात्र थियो भने शारीरिक गतिविधि र एक्सरसाइज नगर्नेमा मृत्युको जोखिम बढी थियो ।
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-02-23 07:27:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts