अफगानिस्तानमा झाडापखालाका वर्षेनी साढे ९ हजार बालबालिकाको मृत्यु



Download our app to get more features

काबुल, १७ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानमा झाडापखालाका कारण हरेक बर्ष झण्डै नौ हजार ५०० बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । 

राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । “झाडापखालाका कारण बर्षेनी मृत्यु हुने मध्ये झण्डै आठ हजार जना पाँच बर्ष मुनिका बालबालिका हरेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ । 

शौचालयको प्रयोग र खाना खानु अघि हात धुनु पर्ने चेतनाको अभावका कारण धेरै बालबालिकाहरुलाई झाडापखाला हुनेगरेको पाइएको छ । यसलाई सजिलै हटाउन सकिने अफगानिस्तान स्थित युनिसेफका प्रतिनिधि अदेले खोडरले बताए । 
 

Last modified on 2017-11-03 08:45:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts