महिनावारीका बेला भुलेर पनि नगर्नुहोस् यी पाँच काम



Download our app to get more features

महिलाका लागि महिनावारी निकै पीडादायी समय हो । अपवाद बाहेक लगभग सबै महिला महिनावारीको पीडाबाट पीडित हुन्छन् । यो बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ । यसकारण महिनावारीका बेला खानपानसहित धेरै कुरामा सावधानी अपनाउनु पर्छ । त्यसमध्ये यी पाँच काम महिनावारीका बेला भूलेर पनि नगर्न चिकित्सहरूको सल्लाह छ ।

१. यौन सम्बन्ध
महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।  महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भवती होइदँैन भन्ने सोचाई पनि छ । तर, त्यो गलत हो । उक्त समयमा पनि गभर्वती हुने सम्भावना प्रबल हुन्छ । साथै संक्रमणबाट जोगिन पनि महिनावारीको बेला यौन सम्बन्धबाट टाँढै रहनु पर्छ ।

२. भोकको बेवास्ता 
महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय पोषणयुक्त खाना खानुपर्छ । 

३. कडा शारीरिक श्रम 
कमहिनावारीको समय पेट दुख्दा पीडा हुने वा पिठ्यू बाउँडिने जस्तो गरी दुख्न सक्छ । त्यसैले महिनावारीको समय शारीरिक श्रम गर्नबाट बँच्नु राम्रो हो । 

४. प्याडको प्रयोगमा लापरर्वाही 
महिनावारीका बेला हरेक तीन घन्टामा प्याड परिवर्तन गर्ने गरौं । यदि कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । यसले संक्रमणबाट जोगाउँछ । साथै दुर्गन्धबाट पनि टाढा राख्छ । 

५. कसिलो कपडा 
महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको र हलुका लुगा कपडा लगाउनु पर्छ । किनकी आरामदायी कपडाले चिड्चिडापन हुँदैन । 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-18 06:57:53

1 Comments

  1. महिनावारि को बेला मा गर्न नहुने कामका बारेमा जानकारिमुलक लेख राम्रो छ । तर कुनै कुराहरु तथ्य सङ मेल खादैन । तसर्थ अनलाईन पत्रीकाको मान कायम राख्न तथ्य सङ मेल खाने गरि दिनु हुने अनुरोध छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts