जाडो मौसममा मुटुसम्बन्धी रोगबाट बच्न यसो गर्नुहोस्



Download our app to get more features

गर्मीभन्दा जाडो मौसममा मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढी हुन्छ । यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भइसकेका व्यक्तिमा पुनः बल्झिने सम्भावनासमेत उतिकै हुन्छ । यो मौसममा चिसोले एकाएक मुटुका नलीहरु खुम्चिएर हृदयघात हुने डर पनि उत्तिकै हुन्छ ।

लक्षण

प्रेसर बढ्छ 

सास फपेर्न गाह्रो हुने

छाती दुख्ने समस्या

रिंगटा लाग्ने, टाउको दुख्ने

हर्टअट्याक हुने सम्भावना पनि हुन्छ 

बच्ने उपाय

चिसोमा नबस्ने । छाती दुख्ने, सास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

जाडोमा किन ब्लडप्रेसर बढ्छ ?

गर्मीमा भन्दा जाडोमा ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप बढ्छ । त्यसको कारण भनेको चिसोको बेला छालामुनिका मसिना नलीहरु खुम्चिन थाल्छन् र रगत भित्रको मुख्य नलीमा जान्छ । बाहिरका नसामा बहने रगतसमेत भित्रका नसामा गएपछि चाप बढिहाल्छ । त्यसले पनि प्रेसर बढाउन मद्दत गर्छ ।

मुटुरोगीले ध्यान दिनुपर्ने कुरा

एकदम चिसोमा घरबाहिर ननिस्कने ।

मर्निङ्गवाक गर्ने बानी छ भने इभनिङ्गवाक गर्न सकिन्छ ।

चिसो छ भन्दैमा चुरोट सेवन गर्नुपर्छ भन्ने छैन । चुरोट सेवन गर्दै नगर्ने ।

एकदमै चिसो पानी नखाने । मनतातो पानीको सेवन गर्नुपर्छ ।

माछामासुसँगै फलफूल हरियो तरकारीमा पनि जोड दिने ।

Last modified on 2018-12-09 15:23:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts