आफ्नो शरीर आफैले जाँच्नुहोस् : केही रोचक तथ्यहरु



Download our app to get more features

१. छाला र नङको गुलाबीपन हराउनुले एनेमिया वा रक्तअल्पत्ता भएको जनाउँछ ।

२. नङको जरामा कुनै कोठी छ या खैरो÷कालो धर्काहरु छन् भने छालाको क्यान्सर हुने सम्भावना रहने देखिएको छ ।

३. नङमा लामो लामो धर्काहरु (विभिन्न रंगका) भएमा एक पटक मृर्गौला, पिसाबको जाँच गर्नु उत्तम देखिन्छ ।

४. काखी, गर्धन, घाँटी, काँधमा अली खस्रो र छाला भन्दा अलि गाढा रंगको धब्बा देखेमा तुरुन्त सुगर जाँच गराइहाल्नुहोस् ।

५. आँखाका परेला, घुँडा, कुहिनाका छालामा स–साना छाला भन्दा अलि हल्का रङका फोका वा सानो सुन्निएको जस्तो दाग वा डाबर वा चिप्लो जस्तो देखिने र डाबरहरु देखिएमा तरुन्त पिपिड प्रोफाइल तथा मुटुको र रक्तचापको जाँच गराइहाल्नुहोस । प्रायःजसो कोलेस्ट्रोल वा टि.जी.बढ्दा यस्तो हुन सक्छ ।

६. अनावश्यक तौल बढिरहेको छ, आलस्य लाग्दछ साथै कपाल र साइडका आँखी भौँ झर्ने प्रक्रिया बढ्दै छ भने थाइरायड चेक गर्नु उत्तम हुन्छ ।

७. आँखा वा छालामा पहेँलोपन बढ्दै गएमा तुरुन्त लिभरको जाँच गराइहाल्नुपर्छ ।

८.पिसाबको रंगमा परिवर्तन (फिज भएको, रातो वा खैरो आदि) भएको भए मृर्गौला, कलेजो आदिको रोग हुनसक्दछ त्यसैल तुरुन्त चिकित्सकलाई देखाउनुहोस् ।

‘स्वास्थ्यरक्षाका सरल उपाय’ पुस्तकबाट
 

Last modified on 2019-02-25 09:15:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts