यस्तो अवस्थामा पनीर सेवन घातक 



Download our app to get more features

पनीर प्रोटिनको राम्रो स्रोत हो ।

यसको सेवने शरीरमा अवश्यक प्रोटिनको मात्रा पुर्याउनुको साथै निरोगी र सुन्दर बनाउन पनि सहयोग गर्छ । पोषणविद् नेहा चन्दका अनुसार नियमित पनीर सेवन गर्दा मुटुरोगका साथै क्यान्सरको जोखिम घटाउँछ । पनीरले दाँतलाई बलियो बनाउन पनि सहयोग गर्छ । तर, पनीर खाने सही समय कुन हो यो जान्न जरुरी छ ।

पनीर कहिले र कसरी खाने 
—दिउँसो जुनसुकै समयमा पनीर सेवन गर्न सकिन्छ । तर, सिमित मात्रामा मात्र खानु राम्रो हुन्छ । 
—राती सुत्ने समयमा पनीर नखाने तर, सुत्नु भन्दा दुई घण्टा अगाडि सेवन गर्न सकिन्छ । 
—व्यायम गर्नु भन्दा पहिले र पछि पनीर खानु हुँदैन । व्यायमपछिको पनीर सेवनले पाचन पक्रियालाई प्रभावित गर्छ ।
—शरीरको तौल नियन्त्रण र फिट राख्न सन्तुलित मात्रामा पनीर सेवन फाइदाजनक हुन्छ । 

Last modified on 2018-10-24 13:05:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts