जाडोमा रुघाखोकीबाट जोगिने घरेलु उपाय 



Download our app to get more features

यो वर्षको जाडो मौसम सुरु भइसकेको छ ।

मौसम परिर्वतनसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थलिसकेको छ । धेरैजसोमा रुघाखोकी र सर्दीको समस्या देखिएको छ । रुघाखोकी र सर्दीको उपचार सुरुकै अवस्थामा नगरे गम्भीर खालका रोगले आक्रमण गर्न पनि सक्छ । उसो त बजारमा रुघाखोकी र सर्दीबाट जोगिन विभिन्न प्रकारका औषधिहरू पनि पाइन्छ । तर, केही यस्ता घरेलु उपाय छन् जसलाई अपनाए यस्ता समस्याबट राहत पाउन सकिन्छ ।

जानौं ती उपाय :
—आयुर्वेदमा मरिचलाई विभिन्न औषधिको रुपमा लिइन्छ । सर्दी लागेको बेला मरिचको धूलोमा मह मिसाएर खानाले निकै फाइदा हुन्छ ।
—एक गिलास तातो दुधमा खजूरलाई राम्रोसँग उमालेर पिउनाले सर्दीमा राहत हुन्छ ।
— दिनमा ४–५ पटक महमा अदुवा मिसाएर खानाले सर्दीमा राहत र चाँडै निको हुन्छ ।
— तुलसी, पुदिना र मरिचले बनेको काढ़ा पिउनाले घाँटीको खसखस कम हुनुको साथै सर्दी पनि निको हुन्छ ।
— बेसारमा एन्टी भाइरल र एन्टी ब्याक्टेरियल गुण पाइन्छ । जसले सर्दी र रुघाखोकी निको गर्न मद्दत गर्छ । त्यसैले सर्दी भए तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । 

— दालचिनी र जाइफललाई बराबर मात्रामा पिसेर बिहान बेलुका महसँग खानाले रुघाखोकी र सर्दीमा राहत मिल्छ । 
—सर्दीको कारण ज्वरो आएको अनुभव भए दुई कप पानीमा ज्वानो र गुड उमाल्ने र जब पानी आधा हुन्छ त्यो पानी पिउने । उक्त पानीको सेवनले ज्वरो चाँडै निको हुन्छ ।

(एजेन्सीको सहयोगी)
 

Last modified on 2017-11-09 14:58:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts