गर्भावस्था पछिको तौल घटाउने यस्ता छन् उपाय



Download our app to get more features

आमा बनिसकेपछि तौल घटाउन महिलाले अनेक उपाय अपनाउने गर्छन् ।

गर्भावस्थामा मोटाएको शरीर घटाउनु हरेक महिलाको लागि निकै चुनौतीपूर्ण काम हो । सुत्केरीपछि खानपीन र दैनिकीमा ख्याल नगरे पछि पनि निरन्तर तौल बढेर जान्छ । सुत्केरी भइसकेपछि आफ्नो तौल कम गर्न चाहने महिलाले यस्ता उपाय अपनाउन चिकित्सकको सुझाब छ : 

  • शिशुलाई स्तनपान नियमित गराउने  
  • शिशुलाई नियमित स्तनपान गराए सुत्केरीको तौल चाँडै कम हुन्छ । स्तनपान गराउँदा शरीरमा ३ देखि ५ सय सम्म क्यालोरी खर्च हुन्छ । क्लिनिकल न्यूट्रिसनको अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार स्तनपानले महिलामा सुत्केरीपछिको अतिरिक्त तौल कम गर्न मद्दत गर्छ ।
  • हिँडडुल गर्ने 
  • आमा बनिसकेपछि तौल कम गर्न चाहनु हुन्छ भने नियमित हिँडडुल गर्ने बानी बसाल्नुहोस् । अमेरिकी जर्नल मक्नमा प्रकाशित शिशु र आमामा आधारित एक अध्ययन रिपोर्टका अनुसार हिडडुल गर्नाले गर्भावस्थापछि तौल कम गर्न सजिलो हुन्छ ।
  • योगा गर्नुहोस्  
  • सुत्केरीपछि तौल घटाउन योग गर्नु एक राम्रो उपाय हो । यसले तपाईंको तौल कम गर्नुका साथै तन, मन र मानसिक रुपले स्वस्थ बनाउन सहयोग गर्छ । साथै योगाले तपाईंलाई तनावमुक्त पनि बनाउँछ । 
  • प्रशस्त पानी पिउने  
  • तौल कम गर्ने हो भने प्रशस्त पानी पिउनु जरुरी छ । यदि तपाईं आमा बनिसकेपछि तौल कम गर्न चाहनु हुन्छ भने प्रशस्त पानी पिउन सुरु गरिहाल्नुहोस् । अमेरिकन केमिकल सोसाइटीको एक अध्ययन रिपोर्टका  अनुसार नियमित १० देखि १२ गिलास पानी पिउनु फाइदाजनक हुन्छ । 
  • राम्रो निद्रा र सन्तुलित खाना 
  • निद्रा पुरा नहुनु, तनाव र जथाभावी खानाले पनि आमा बनिसकेपछि तौल बढ्न सक्छ । यो अवस्थामा तपाईंले खानपानमा नियन्त्रण गर्नुपर्छ । बाहिरको खाना पूर्ण रुपले बन्द गर्नुपर्छ । घरमै बनेको खाना खाने र निद्रा पर्याप्त हुनु पर्छ । सानो सानो कुरामा तनाव लिनु हुँदैन । योगले यी सबै अवस्थामा सहयोग गर्छ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-01-07 13:28:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts