जाडोमा बेबी सफ्ट छालाको लागि अपनाउनुस यि उपाय



Download our app to get more features

जाडो मौसममा हातखुट्टा सुख्खा र सेतो देखिन थाल्छ । पटक–पटक क्रीम लगाउनाले पनि छालामा मुलायमपना आउँदैन र फेरि केहि समयमै त्सस्तै अवस्था हुन्छ । यस मौसममा छालालाई कोमल बनाई राख्नलाई केहि घरेलू उपाय तपाईका लागि ,अपनाएर हेर्नुस्...... 

क्रीम भन्दा राम्रो तेल 
जाडो मौसममा तपाईले जति क्रीम लगाएपनि छालाको रूखोपना जाँदैन । यस्तोमा तपाई क्रीमको साटो तेल लगाउन सक्नु हुन्छ । राम्रो नतिजा पाउनका लागि तेललाई तताएर लगाउन सकिन्छ । नरिवलको तेल, बादामको तेल प्रयोग गर्न सक्नु हुन्छ । तेल लगाउनाले नङलाई पनि फाइदा हुन्छ ।  

मह  
जाडोमा मह कुनै औषधि भन्दा कम हुँदैन । मह खानाले ईम्युन सिस्टम मजबूत हुन्छ ,त्यही छालामा लगाउनाले छाला कोमल बन्छ । राम्रो नतिजाका लागि यसमा बादामको तेल मिसाएर लगाउन सक्नुहुन्छ । 

सुन्तलाको बोक्रा 
ताजा सुन्तलाको बोक्रालाई पिँधेर हाथ र खुट्टामा लगाउनाले छाला कोमल र सुन्दर हुन्छ ।

हातमा दाग छ भने  
हातमा यदी दाग छ भने कागती सबै भन्दा राम्रो हुन्छ । कागतिको बोक्रालाई पिँधेर विस्तारै विस्तारै रगड़्नाले दाग हटाउन सकिन्छ । 

ग्लिसिरीन   
जाडोमा छालामा चिलाउने हुन्छ । यस अवस्थामा गुलाबमा ग्लिसिरीन मिसाएर हाथ र खुट्टा तथा शरीरमा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथै यसले अनुहारमा चम्किालो र मुलायम हुन्छ ।  


(एजेन्सीको सहयोग)  

Last modified on 2019-01-25 16:37:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts