तपाईंलाई थाहा छ, सेक्सको बारेमा कति पटक सोच्छिन् महिला ?



Download our app to get more features

अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरुका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ । जानौँ त्यो तथ्यको बारेमा...

यो रिसर्च अमेरिकाको एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरुमाथि गरिएको छ । 

उनीहरुको उमेर १८ देखि २५ को बीचमा थियो । उनीहरुसँग सुत्ने, खाने–पिउने र सेक्सको बारेमा अध्ययनका लागि सोधिएको थियो । यदि तपार्इँलाई लाग्छ कि पुरुषहरु मात्र सेक्सको बारेमा सोच्छन् भने तपाई महिलाहरुलाई त्यस विषयमा कम मूल्याकंन गर्दै हुनुहुन्छ ।

अध्ययनका अनुसार महिलाहरु सेक्सको बारेमा धेरै सोच्छन् । अध्ययनका लागि छात्राहरुलाई निर्देशन दिइएको थियो, जब तपाईँलाई सेक्स सँग सम्बन्धित कुनै पनि कुरा मनमा आउँछ भने त्यसलाई नोटको रुपमा टिपोट गरेर राख्नुहोला । 

रिसर्च रिपोर्टका अनुसार महिलाहरु दिन भरमा कम से कम २८ पटक सेक्सको बारेमा सोच्ने गर्छिन् । यो अध्ययनबाट, निष्कर्ष निकालियो पुरुष एक दिनमा लगभग ३४ पटक सेक्सको बारेमा सोच्छन् । 

सेक्समाथि गरिएको एक अर्को अध्ययनका अनुुसार महिलाहरु सेक्सको बेला आफ्नो पूर्व प्रेमी वा निलो चलचित्रको बारेमा पनि सोच्ने गर्छिन् ।   

(एजेन्सीको सहयोगमा) 

Last modified on 2017-11-18 12:26:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts