स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति 


Download our app to get more features
Spark_health_home Birat Hospital

कञ्चनपुर, ५ मंसिर (रासस) : शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि ‘स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनसमिति’ गठन गरिएको छ । 
स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका, २०७१ (दोस्रो संशोधन, २०७३) लाई परिमार्जन गरी स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति गठन गरिएको हो । 
स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका संरक्षकमा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, अध्यक्षमा लालबहादुर ऐर र सदस्यहरूमा व्यवसायीका तर्फबाट हेरन्द्र भण्डारी, शैक्षिक संस्थाका तर्फबाट राजेन्द्र पाण्डेय, नैनसिंह ऐर, वडा सचिव कृष्ण कार्की चयन भएका छन् । 

समितिको संरक्षकका लागि स्थानीय लब्ध प्रतिष्ठित स्वास्थ्य क्षेत्रका जानकार एक महिला र वडा कार्यालयका अधिकृत गरी दुईजना मनोनीत हुने गरिने भएको छ । समिति गठनका क्रममा नगर प्रमुख ऐरले स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा गुणस्तीय बनाई सेवा दिन स्वास्थ्यर्कीलाई निर्देशन दिए ।  

 

vayoda

bp_ad

Last modified on 2017-11-21 08:31:28

samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts