खोकी लागेको बेला खानु हुँदैन यस्ता खाना



Download our app to get more features

मौसम परिर्वतनसँगै धेरैलाई रुघाखोकीले सताउने गर्छ ।

कतिपय अवस्थामा यो सामान्य पनि हो तर, लामो समयसम्म खोकी लाग्दा यसले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्छ । सामान्य खोकीमा सुप, अदुवा, मह, भिटामिन सीयुक्त र मसालेदार खाना खानु फाइदाजनक हुन्छ । तर, केही यस्ता घरेलु सामाग्री पनि छन् जुन खोकी लागेको बेला सेवन गर्नु घातक हुनसक्छ । 

दुध 
खोकी लागेको बेला दुध वा दुधबाट बनेका उत्पादन सेवन नगर्दा राम्रो हुन्छ । यस्ता खानेकुराले श्वास नली, फोक्सो र घाँटीमा कफ जम्मा गर्छ । त्यसैले जबसम्म खोकी निको हुँदैन तबसम्म दुध र दुधले बनेको सामाग्रीबाट टाँढै बस्नु पर्छ । 

प्रशोधित खाना 
खोकी लागेका बेला प्रशोधित खाना सेवन गर्नु हुँदैन । यस्ता खानाले स्वास्थ्यमा थप जटिलता ल्याउँछ । जस्तैं वाइट ब्रेड, वाइट पास्ता, बेक्ड फूड, चिप्स जस्ता सामाग्री खोकी लागेको बेला खानु हुँदैन । यस्ता खानेकुराको साटो हरियो तरकारी, साग खानु फाइदाजनक हुन्छ । 

तारेको खाना
फ्राइड फूड्स (तारेको) खानाले पनि खोकी झन् बढ्छ । फ्रेन्च फ्राइ र जंक फूड खोकी लागेको बेला खानु हुँदैन । 

अमिलो फल 
साइट्रिक एसिडयुक्त फल खानाले पनि खोकी बढाउँछ । यस्ता फल खानबाट परहेज गर्नुपर्छ । यसको साटो भुँई कटहर, तरबुज खानु राम्रो हुन्छ । 
जाडोको समयमा टमाटर, पालुँगोको सुप निकै मन पराउँछन् । यस्तै मुला र चिसो पदार्थ खानबाट पनि टाढै बस्नु पर्छ । जस्तैं काँचो टमाटर, दूध, दहीको सेवनले कफ बढाउने काम गर्छ ।     
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-01-22 14:00:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts