यस्तो छ मधुमेहको आयुर्वेदिक उपचार 



Download our app to get more features

काठमाडौं,११ मंसीर । आयुर्वेदको भाषामा पनि मधुमेह रोगलाई मधुमेह नै भनिन्छ । यस्लाई आयुर्वेदमा महारोगका रुपमा लिने गरिन्छ ।

किनकी यस रोगबाट शरीरका सबै अंगप्रत्यङगहरु प्रभावित हुने गर्दछन् । यतिमात्र नभएर शरीरका हरेक कोशिकाहरु यो रोग लागेपछि प्रभावित हुने गर्दछन् आयुर्वेदका अनुसार मानिसका पाँचै कोष अन्नमय कोष, प्राणमय कोष, मनोमय कोष तथा आनन्दमय कोष यी कोषहरुलाई यो रोगले नकारात्मक प्रभाव पार्ने गर्दछ । 

आयुर्वेद महाशाखा निर्देशक बासुदेव उपाध्यायका अनुसार मानिसमा २० प्रकारका प्रमेहले सताउने गर्दछ ।  जस्मध्ये १० प्रकारका प्रमेह कफजमा हुने विकृतीका कारण उत्पन्न हुने गर्दछन् । ६ प्रकारका पित्तजको विकृति र ४ प्रकारका प्रमेह वातज दोषको विकृतिका कारण उत्पन्न हुने गर्दछ । आयुर्वेदका अनुसार २० प्रकारका प्रमेहहरु मध्ये मधुमेह एक प्रमेह हो जुन वातजमा आउने गडबडीका कारण हुने गरेकोे छ । 

निर्देशक उपाध्यायले जति पनि नसर्ने रोग छन् तिनलाई आफ्नो भाषामा हरि,वरी र करीबाट प्रभावित छन् भन्छन् । उपाध्ययका अनुसार हरी भनेको हतार, वरी भनेको चिन्ता र करी भनेको चिल्लो, पिरो र मसलेदार खाना हुन् । मधुमेहको मुख्य कारण जीवनशैलीमा व्यायामको कमी, धेरै गुलिया, चिल्ला तथा उष्ण भोजन रहेको आयुर्वेदमा उल्लेख छ । 

आयुर्वेदमा मधुमेहहुने कारण दुई भागमा विभाजन गरिएको छ । 
१. विना कुनै बाहिरी कारण उत्पन्न हुने मधुमेह
२.गलत खानपानका कारण उत्पन्न हुने मधुमेह
वासुदेव उपाध्यायका अनुसार योगा र खानपानमा सुधार गरे प्रारम्भिक मधुमेह धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । उनका अनुसार मधुमेह नियन्त्रणका लागि यी जडिबुटी सेवन गर्दा धेरैहदसम्म लाभ पुग्दछ । 

मधुमेह नियन्त्रणका लागि जडिबुटी 
जामुनको बीयाँको चूर्ण–जामुन अथवा जमुनाको सुकेको बिउलाई धुलो चुर्ण बनाएर मनतातो पानीसँग खानाले लाभ मिल्छ ।गुडमारको पातको चूर्ण–एक चम्चा गुडमारको सुकेको पातको चूर्ण मनतातो पानीसँग खाने । 

विजयसाल –विजय सालको भाँडाकुडा पनि बजारमा पाउने गर्दछ । यस सालद्वारा निर्मित गिलास वा भाँडोमा रातभर पानी राखी अर्कोदिन बिहान पिउनाले मधुमेह रोग नियन्त्रण हुन सक्दछ ।तेजपत्ता–यो नेपाली भान्छाको नछुट्ने मसाला पनि हो । यसको प्रयोग नियमित रुपमा आफ्नो खानामा गर्दा धेरै लाभ हुने गर्दछ ।
करेलाको रस–करेलाको रस पनि मधुमेहका बिरामीका लागि निकै उपयोगी हुने आयुर्वेदमा उल्लेख छ । २० मीली लीटिर करेलाको जुस हरेक दिन आफ्नो भोजनमा समावेश गर्दा निकै उत्तम हुने गर्दछ । 

बेसार–बेसार आफैमा एक औषधि हो । यसको नियमति प्रयोगले मधुमेह घटाउन निकै मद्दत गर्दछ ।मेथी–मधुमेहका बिरामीहरुले मेथीको धुलो बनाएर नियमित दैनिक एक चम्चाको दरले सेवन गर्दा घट्न सक्दछ भने सामान्य मानिसले नियमित सेवन गर्दा मधुमेह लाग्ने संभावना कम हुन्छ । 

हर्रो– हर्रो पनि मधुमेह नियन्त्रणका लागि रामवाण नै भएको उपाध्यायको भनाई छ । यसको चूर्ण बनाएर दैनिक सेवन गरेमा धेरै फाइदा हुन्छ  । उपाध्यायका अनुसार आयुर्वेदमा विभिन्न ६ प्रकारकार रसका बारेमा वर्णन गरिएको छ त्यसमध्ये टर्रो रस भएका जति पनि खानेकुरा, फलफूल त था जडिबुटीहरु छन.\ ती सबै मधुमेह नियन्त्रणका लागि निकै उपयोगी हुने गर्दछन् । यी कच्चा जडीबुटी बाहेक आयुर्वेदलाई प्रशोधन गरेर बनाइएका गोली तथा धुलो औषधीहरु प्नि बजारमा उपलब्ध छन् । जस्तो की चन्द्रप्रभावती, प्रमेह गोली इत्यादी पनि नेपाली बजारमा उपलब्ध छन् ।
आयुर्वेदमा मधुमेह नियन्त्रणका लागि योगलाई पनि उत्तिकै महत्व दिएको निर्देशक उपाध्याय बताउँछन् । उनका अनुसार यी योगा मधुमेहका लागि लागदायी मानिन्छन्  । 
सूर्य नमस्कार
मण्डुकासन
पश्चिम उत्तानासन इत्यादी । 


 

Last modified on 2017-11-27 17:08:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts