अमलाले रोक्छ बुढ्यौली

अमला खानाले पेट सफा



Download our app to get more features

अमलामा स्वादिलो फलको गुण मात्रै होइन यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ ।

स्वास्थ्य उपचार सम्बन्धी विभिन्न अध्ययन अनुशन्धानले अमलामा रोग भगाउने गुण पर्याप्त भएको सार्वजनिक गरेका छन् । अमलाको नियमित सेवनले  यौन शक्ति बढाउनुको साथै बुढ्यौली पनि रोक्ने अध्ययनहरूले जनाएका छन् । अमलामा भिटामिन सी भरपुर मात्रामा पाइने भएकाले यसको नियमित सेवन गर्न चिकित्सकहरूले सुझाब दिएका छन् । एक दाना अमलामा दुई वटा सुन्तला बराबरमा पाउने भिटामिन सी पाइन्छ ।

जानौं अमला खानुको फाइदा :
१. विशेषगरी गर्भवतीका लागि अमला स्वस्थबर्धक मानिन्छ । किनकी भिटामिन सीले हड्डी बलियो बनाउनमा मद्दत गर्छ । 
२. अमलाको नियमित सेवनले रक्तचापका बिरामीलाई फाइदा गर्छ । 
३. अमलाको चूर्णलाई मुलामा राखेर खादा मुत्राशयको पथ्थरी हटाउन मद्दत गर्छ । 
४. अमलाको रसमा मह मिसाएर खानाले मधुमेहका रोगीलाई राहत मिल्छ । 
५. राती अमलाको चूर्णलाई पानीमा भिज्न दिने र बिहान त्यो पानी पिउनाले पेट सम्बन्धी समस्या हट्छन र पाचन पक्रिया बलियो हुन्छ । 
६. नियमित एक वा दुई दाना ताजा अमला खानाले पेट सफा हुन्छ । 
७. स्वस्थ रहन चाहने व्यक्तिले ताजा अमलाको रसमा मह मिसाएर पिउँदा निकै राहत मिल्छ । अमलाको रस सेवनपछि दूध पिउँदा अझै राम्रो हुन्छ । 
८. अमलाको रस पिउनाले आँखाको दृष्टि पनि बढ्छ । 
९. गर्भावस्थामा हुने बान्ता रोक्न अमलाको मुरब्बा खान सकिन्छ । 
१०. अमलाको चूर्णलाई गुलाब जलमा मिसाएर अनुहारमा लगाउँदा दागहरू हराउँछन । 
११. गर्मीमा रिगांटा लाग्ने वा बेचैनी भए अमलाको सर्बत पिउन सकिन्छ । 
१२. आमलाको प्रयोगबाट कपाल कालो र चम्किलो हुन्छ । 
१३. अमलाको चूर्णलाई रोटीमा राखेर खानाले बुढेशकाल ढिलो आउँछ ।
 

Last modified on 2017-11-29 10:30:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts