काजुले नियन्त्रण गर्छ कोलस्ट्रोल



Download our app to get more features

नियमित काजु खानाले कोलस्ट्रोल नियन्त्रण हुुनुका साथै मुटु स्वस्थ रहने चिकित्सकहरूको भनाइ छ । काजु नियमित खाँदा शरीरमा शक्ति प्राप्त हुनुको साथै रोगप्रतिरोधात्क क्षमता पनि बढ्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।  जानौं काजु खानुका फाइदा :
स्वास्थ्यमा लाभ
काजु खानाले मानिसको तौल बढ्ने आम मानिसको धारणा छ । तर, त्यो गलत धारणा हो । काजुले तौल घटाउन मद्दत गर्छ । भिटामिन 'ई' ले भरिपूर्ण काजुको तेल सौन्दर्य प्रशोधनका लागि पनि प्रयोग गरिन्छ । यदि घामले छाला डेढेको भए पनि काजुले ठिक गर्छ । 
शरीरलाई शक्ति
काजुलाई उर्जाको एक राम्रो स्रोत मानिन्छ । काजुको सेवनले शरीरमा केही नोक्सानी हुँदैन तर धेरै काजुको सेवन गर्नु भने हुँदैन । यदि तपार्इंको मुड खराब भए २–३ वटा काजु खाए मुड ठिक हुन्छ ।

 प्रोटिनको स्रोत 
काजुमा प्रोटिन अधिक मात्रामा हुन्छ । त्यसैले काजु खानाले कपाल र छाला स्वस्थ र सुन्दर हुन्छ ।   

कोलस्ट्रोल कन्ट्रोल 
काजुले कोलस्ट्रोल नियन्त्रण गर्छ । यसमा प्रोटिन धेरै हुन्छ र छिटो पच्छ । काजु आइरनको राम्रो स्रोत हो । त्यसैले रगतको कमी भए काजु खान सकिन्छ । 

स्मरण शक्ति बढाउँछ 
काजु भिटाभिन बीको खजना हो । खाली पेट काजु खानाले स्मरण शक्ति बढ्छ । साथै काजु खानाले रक्तचाप पनि नियन्त्रणमा रहन्छ । 

हड्डीलाई बलियो बनाउँछ 
काजुमा प्रोटिन अधिक हुने भएकाले हड्डीलाई बलियो बनाउँछ ।  काजुमा रहेको मोनो सेच्युरेटड फ्याटले स्वास्थ राख्छ र मुटु रोगको खतरालाई कम गर्छ । 
(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-11-30 11:42:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts