महिनावारीको समय भुलेर पनि नखानुस् यी कुरा



Download our app to get more features

महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रनुपर्छ । मांसपेशिमा तनाव, दुखाई, चक्कर आउनु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या हुन् ।

महिनावारीको समय महिला पिच्छे सबैको फरक फरक स्थिती हुन्छ । कसैलाई धेरै दुख्ने हुन्छ भने कसैलाई कम दुख्ने हुन्छ । महिनावारीको दुखाई र महिनावारीको दिन (समय) सबै महिलाका लागि छुट्टा छुट्टै हुन्छ ।

यस्तो अवस्थामा कुनै एक जनाको स्थितीको आधारमा अरुको अवस्थाको बारेमा भने आकलन गर्न सकिँदैन । महिनावारीको दुखाई कम गर्नका लागि धेरै घरेलू उपायहरु छन् । कसैले त औषधि पनि खाने गरेको देखिन्छ । दुखाईको उपायका साथ साथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ ।

खानपानमा कहिले पनि यस्तो खानेकुरा खानु हुन्न, जसले दुखाई अझ बढाउँछ र बिरामी पनि बनाउन सक्छ ।  

महिनावारीको समय यि खानेकुराबाट टाँढै बसौँ :

१. कैफीन  

महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पु¥याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ ।

२. मादक पदार्थ 

महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।

३. चकलेट 

चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ ।

४. रातो मासु 

रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ ।

५. अचार

महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2018-12-07 11:12:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts