करेलाको पातले ठिक गर्छ टाउकोको दुखाइ
            खाँदा तितो भए पनि करेलाका धेरै फाइदा छन् ।
करेलाले कतिपय रोगलाई निको बनाउन पनि सहयोग गर्ने विभिन्न अध्यनले देखाएको छ । करेला मधुमेह, क्यान्सर जस्ता जटिल रोगपीडिका लागि पनि उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
जानौंकरेलाका फाइदा :
टाउको दुखाइलाई कम गर्छ 
करेलाको ताजा पात पिसेर निदारमा लगाउनाले टाउको दुखाइ कम हुन्छ । 
घाउ ठिक गर्छ
घाउमा करेलाको जरा पिसेर लगाउँदा घाउ पाक्छ र पीप पनि निस्कन्छ । जसले घाउ चाडै ठिक हुन्छ । 
पथ्थरीका बिरामीलाई राहत 
पथरीको समस्या भएकाले करेलाको रस पिउँदा आराम मिल्छ । 
मुखको छालालाई फाइदा
मुखभित्रको छालामा देखिने संक्रमण ठिक गर्न पनि करेलाको प्रयोग गर्नसकिन्छ । करेलाको पातको रस निकालेर त्यसमा थौरै मुतलानी माटो मिसाएर पेष्ट बनाइ मुखको छालामा लगाउनु पर्छ । यसले मुखको छालाको संक्रमण ठिक गर्छ । 
(एजेन्सीको सहयोगमा)
 
                
                
                                    