बेइजिङको वायु प्रदुषणमा २७ प्रतिशतले कमि 



Download our app to get more features

बेइजिङ, २२ मङसिर (रासस÷सिन्ह्वा) : चीनको राजधानी सहर बेइजिङमा गत वर्षको तुलनामा यसवर्ष वायु प्रदूषणको मात्रामा कमी आएको समाचार छ । 

बेइजिङका अधिकारीले गतवर्षको तुलनामा यसवर्ष विशेषगरी बेइजिङ सहरको वायु प्रदूषणमा कमी आएको देखिएको बताएका छन् । 

यस वर्षको शीतकालीन समयमा यस सहरको वायु प्रदूषणको मापदण्ड गत वर्षको तुलनामा उल्लेखनीयरूपमा कमी आएको देखिएको चिनियाँ अधिकारीले जनाएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चीनको वातावरण मन्त्रालयले यही अनुपातमा आगामी केही महिनासम्म यो अवस्था कायम रह्यो भने यसबाट चीन सरकारले लिएकोे वायु प्रदूषण नियन्त्रणसम्बन्धी लक्ष्य हासिल गर्ने काममा पनि सफलता मिल्न सक्ने देखिएको जनाएको छ । 

यसरी हेर्दा गएको वर्षको तुलनामा यसवर्ष बेइजिङको वायुमा पाइने धुलोको कणको मापनमा प्रदूषण घटेको देखिएको सो मन्त्रालयले जनाएको छ । गत वर्षको मार्च महिनादेखि नोभेम्बर सम्मको शीतकालीन समयको तुलनामा यस वर्षको कमी हो । राजधानी सहर बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । सो अवधिमा गतवर्षको तुलनामा यसवर्ष कम्तीमा पनि २७ प्रतिशतले कमी भएको पनि वातावरण मन्त्रालयले जानकारी दिएको बताइएको छ । 

चीनको विशेषगरी बेइजिङ सहरमा अन्य समयको तुलनामा शीतकालिन महिनामा वायु प्रदूषण अत्यधिक हुने गर्दछ । गत वर्ष पनि यो सहरमा वायु प्रदूषण नराम्ररी बढेपछि यसको नियन्त्रणका अनेक उपायको खोजी गरेको जनाएको थियो । 
चीन सरकारले गत वर्षदेखि नै वायु प्रदूषणको समस्या ठूलो रहेको राजधानी बेइजिङ र अन्य सहरमा पनि प्रायगरी यसको कारक मानिने कलकारखाना बन्दगर्ने र कतिपय सहरमा कोइलाको प्रयोगको विकल्प पनि खोज्न निर्देशन गरेको थियो । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts