आयुर्वेद अनुसार बिहानको सयम यौनसम्पर्कका लागि उपयुक्त 



Download our app to get more features

यौनलाई कतिपयले केवल सन्तान जन्माउने एक पक्रिया मात्रै ठान्छन ।

तर, आयुर्वेदका अनुसार यौन केवल प्रजननमा मात्रै सिमित छैन । आयुर्वेद अनुसार यौनले मानिसलाई निकै गहिराईबाट पोषित र विकसित गरिरहेको हुन्छ । निश्चित नियममा रहेर समय–समयमा यौन सम्पर्क गर्नु शरीरका लागि फाइदाजनक रहेको आयुर्वेदमा उल्लेख छ । जानौं आयुर्वेदमा उल्लेख यौन र यौनसँग सम्बन्धित केही तथ्य ः—
आयुर्वेदको अनुसार हाम्रो शरीर सात अत्यावश्यक र मौलिक धातु मिलेर बनेको हुन्छ ।

जसमध्ये एक हो रस धातु । रस, जसलाई सार वा सिरम भनिन्छ । त्यो रगतको सेतो भाग हो । सो रस सँगै यौनरस आउँछ जसलाई शुक्र धातु भनिन्छ । यो बन्न करिब १ महिना लाग्छ । शुक्र धातु, रसको निकै संशोधित रूप हो । त्यस कारण यौन रस बनाउन शरीरलाई निकै मिहिनेत गर्नु पर्छ । सो रसको अझ बढी गाढा रूप निस्कन्छ जसलाई ओजस भनिन्छ । ओजस, नयाँ जीवनको आधार हो र नयाँ रचना गर्न सक्षम पनि हुन्छ ।

सेक्सुअल इनर्जी प्रभावित
यौन शक्तिलाई प्रभावित गर्ने अर्को तत्व हो फोर्स । जसलाई आफ्नो वायू पनि भनिन्छ । हाम्रो शरीर पाँच प्रकारको वायू मिलेर बनेको हुन्छ । त्यसमध्ये एक हो आफ्नो वायु, जुन शरीरको तल्लो भागमा हुन्छ । आफ्नो वायु एक यस्तो तत्व हो जसले मानसिक, धर्म, प्रजनन र अर्गज्मलाई नियन्त्रण गर्छ । यदि सो वायूको गति स्वस्थ छ भने हाम्रो सम्पूर्ण जरालाई तन्दुरुस्त राख्नमा मद्दत गर्छ ।

अर्गज्म शरीरका लागि हानिकारक 
सञ्चारमाध्यमहरूमा आजभोली अर्गज्मको अनेक फाइदाका बारे निकै प्रसंशा र चर्चा हुँदै आएको छ । तर, आयुर्वेदले भने केही परिस्थितिमा अर्गज्म हाम्रो शरीरका लागि हानिकारक हुने जनाएको छ । किनकी यौनक्रिया पश्चात शरीरमा वात दोष अर्थात् शरीरको तापक्रम वायू तत्व भन्दा बढेर जाने हुँदा शरीर कमजोर बनाउँछ । वात दोषले शुक्र धातुलाई नोक्सान गर्छ जुन शरीरमा बन्नका लागि एक महिना भन्दा बढी समय लाग्ने हुन्छ । जसले गर्दा ओजसको उत्पादन कम हुन्छ जसले हामीलाई इनर्जी दिने काम गर्छ ।

रातमा सेक्स गर्नु गलत 
प्रायः मानिसहरू रातको समयमा यौन सम्पर्क गर्न रुचाउँछन् तर, आयुर्वेदका अनुसार रातको समय यौनसम्पर्कको लागि उपयुक्त हुँदैन । आयुर्वेदका अनुसार बिहान सूर्योदय पश्चात तर १० बजे भन्दा अघि यौन सम्पर्क गर्ने सबैभन्दा उत्तम समय हो । यस्तै साँझको समय पनि यौन सम्पर्कका लागि उपयुक्त हुन्छ । त्यस बाहेक चिसो मौसम र वसन्त ऋतु सेक्सका लागि सबैभन्दा उत्तम मानिन्छ । त्यसैगरी गर्मी  मौसममा वात दोष अर्थात् शरीरको तापक्रम वायू तत्व भन्दा बढेर जाने हुँदा शरीरको शक्ति पनि कम भएर जान्छ । त्यसकारण गर्मी मौसममा व्यक्तिको सेक्स र अर्गज्मको फ्रिक्वेन्सीलाई कम गर्नुपर्छ । किनकी गर्मीमा तापका कारणले शरीरको इनर्जी पहिले नै कम हुन्छ ।

यौन सम्पर्क कुन बेला र कति पटक गर्ने ?
स्वस्थ मानिसले वसन्त ऋतु र चिसो मौसममा सातामा तीन देखि पाँच पटकसम्म यौनसम्पर्क गर्नु राम्रो मानिन्छ । यदि स्वस्थ व्यक्तिले त्यसो गरेनन् भने उनको शरीरमा बन्ने ओजस खेर जान्छ । त्यस्तै गर्मी मौसममा १ वा २ सातामा एक पटक भन्दा धेरै यौनसम्पर्क गर्नु हुँदैन ।

आयुर्वेदमा यौनसँग सम्बन्धी अन्य टिप्स 
—प्राकृतिक रूपले यस्ता भोजन गर्नुपर्छ जसले तपाईंको कामोत्तेजना बढोस् र शरीरमा शुक्र धातु निर्माणमा सहयोग पुगोस् । जस्तैं घ्यू, नरिवलको पानी वा नरिवलको जुस, दूध आदि ।
—नुहाउनु भन्दा पहिले तेलले शरीरको मसाज गर्नुपर्छ ।
—सेक्स गरिसकेपछि नुहाउन नबिर्सौै र सफा आरामदायक लुगा लगाऔँ । 

(एजेन्सीको सहयोगमा)

 

Last modified on 2017-12-09 13:27:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts