जिउँदो बच्चालाई मृत घोषणा गर्ने म्याक्स अस्पतालको लाइसेन्स खारेजी



Download our app to get more features

बीबीसी,२३ मंसीर । भारतको दिल्ली सरकारले शालीमार बाग म्याक्स अस्पतालको लाइसेन्स शुक्रबार खारेज गरिदिएको छ ।

अस्पतालमा केही दिन अघि जन्मिएका जुम्लिया बच्चाको उपचारमा चरम लापर्वाही गरेको आरोपमा उक्त अस्पतालको लाइसेन्स खारेज गरिएको बीबीसीले लेखेको छ । अस्पतालको लाइसेन्स खारेजी गरिएपछि म्याक्स अस्पतालले जारी गरेको एक लिखित बयानमा यसो भनिएको छ – 'म्याक्स अस्पतालका बारेमा गरिएको यो निर्णय निकै कठोर छ, हामीलाई आफ्नो भनाई र प्रमाण पेश गर्न पर्याप्त समय नदिइ लाइसेन्स नै खारेज गर्ने निर्णय भएकोमा हाम्रो ठूलो आपत्ति छ र हामी सबै विकल्पका बारेमा सोचिरहेका छौं ।' 

सरोकारवालाहरुले उपचार गराइरहेका अन्य बिरामीको अवस्थाका बारेमा ध्यानै नदिइ एक्कासी अस्पतालको लाइसेन्स खारेज हुनुले अन्य बिरामीलाई प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सन २०११ मा शालीमार बाग म्याक्स अस्पताल दिल्ली नर्सिङ होम रजिस्ट्रशन एक्ट १९५३ अनुसार रजिष्ट्रर भएको थियो । यो एक्टले कुनै पनि अस्पतालको लाइसेन्स खारेजी गर्नेसम्मको अधिकार दिल्ली सरकारलाई दिएको छ ।

एक हप्ता अगाडी दिल्लीका एक दम्पत्तीका नवजात शिशुलाई जिउँदो अवस्थामा नै मृत घोषणा गर्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो । यो घटना बाहिर आउने बित्तिकै दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले जाँचबुझका लागी समिति नै गठन गरेका थिए । सोहि समितिले बुझाएको रिर्पोमा अस्पताल दोषी पाइएपछि लाइसेन्स रद्द गरिएको हो । 

Last modified on 2017-12-09 08:26:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts