भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने

ऐतिहासिक उपलब्धी –स्वास्थ्यमन्त्री



Download our app to get more features

नयाँदिल्ली, २४ मङसिर (रासस÷सिन्ह्वा) : भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ । 

भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।  उनले शनिबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताए । स्वास्थ्य मन्त्री नाडाले सवै जिल्लामा ट्रकोमाको रोगबाट प्रभावितहरुको संख्यामा उल्लेख्य सुधार आएको पनि बताए । 

“विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार अहिले भारतमा ट्रकोमाको क्षेत्रमा धेरै सुधार भएको छ, निकै कम मात्रै ट्रकोमाका बिरामीहरु देखिन थालेका छन्” उनले भने ।  उनले ट्रकोमा रोगबाट प्रभावित हुनेहरुको संख्या अझै कम गर्न आखाँमा राख्ने औषधीको उपलब्धता, व्यक्तिगत सरसफाई, सफा पानीको प्रयोग र वातावरणीय सरसफाईमा सुधार लगायत तर्फ बढी ध्यान दिनु पर्ने बताए ।

झण्डै नौ बर्ष सम्मका बालबालिकामा ट्रकोमा रोगको समस्या प्राय देखिने गरेको पाईन्छ । 
 

Last modified on 2017-12-10 08:53:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts