बन्दागोभीको सेवनबाट घट्छ तौल !



Download our app to get more features

बन्दागोभीको स्वाद मन नपराउने सायदै कोही होलान् ।

चाउमिनलाई स्वादिलो बनाउन होस् वा तरकारी नै किन नहोस् बन्दागोभी जुनसुकै रुपमा पनि स्वादिलो हुन्छ । अझ केही मानिस त बन्दाकोभीलाई सुप बनाएर पनि पिउने गर्छन । बन्दागोभी जति स्वादिलो हुन्छ त्यो भन्दा बढी मानव स्वास्थ्यका लागि गुणकारी छ । जानौं बन्दागोभीका फाइदाहरू :

तौल व्यवस्थापन गर्छ 
व्यवस्थित रुपमा बन्दाकोभी सेवन गरे मोटोपना घट्ने विभिन्न अध्ययनले जनाएका छन् । यसले शरीरमा भएको क्यालोरीको मात्रालाई कम गराउँछ । जसबाट मोटोपना घट्ने अध्ययनको रिर्पोटमा उल्लेख छ । 

क्यान्सरको जोखिम घटाउँछ
बन्दागोभीमा भएको आइसोसाइनेट्सले शरीरको एस्टोजिन मेटाबोलिज्मको प्रक्रियालाई तिव्र बनाइ क्यान्सरको जोखिमबाट बचाउँछ । साथै यसमा डिनडालिमेथेन (डीआईएम), सिनीग्रिन, ल्यूपेल, सल्फोरेन र इडोल ३ कार्बीनाल जस्ता तत्व पाइन्छ । यी सबै तत्वले क्यान्सरको जोखिम कम गर्छ । 

छालालाई स्वस्थ बनाउँछ 
नियमित बन्दागोभी सेवन गर्नेको छाला स्वस्थ हुने चिकित्सकहरूको भनाइ छ । बन्दागोभीमा एटीआक्सिडेट्स पाइन्छ । राम्रोसँग सफा गरेर खाए छाला स्वस्थ रहनुका साथै अनुहारको चमक पनि बढ्छ । 

कपालका लागि फाइदा 
कपाल बढ्न भिटामिन ई आवश्यक पर्छ । जुन भिटामीन बन्दागोभीमा अधिक हुन्छ । बन्दागोभीको जुसले शरीरमा सल्फरको कमी पुरा गर्छ जसले कपाल बलियो हुन्छ । 
(एजेन्सीको सहयोगमा )

Last modified on 2019-02-11 07:04:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts